उखानबाटै प्रचण्ड-नेपालको यसरी कटाक्ष गरे ओलीले : नेकपा ‘बरमजियाको पेडा पसल’ हो र ?

Kp oli 18

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली त्यसै पनि उखान टुक्काका लागि माहिर छन् । उनी जुनसुकै कार्यक्रममा पनि उखानले नै सबैको ध्यान तान्ने गर्छन् । यतिसम्मकी उनका उखान टुक्का मनोरञ्जनका हिसावले पनि ठिकै मानिन्छन् । शनिबार त उनले सम्पूर्ण भाषण नै उखान टुक्कामै बिताए ।

शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलामा उनले यस्तो उखान टुक्का प्रयोग गरे की उनले आफ्ना दुई सहकर्मीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई ‘नटवल्टु खुस्किएको, भेट्नो चुडिएको फल, बरमझियाको बाजेको पेडा सपल’ लगायतका उखानले निक्कै कटाक्ष गरे । उनको उखानमा रमाउनेहरुले शब्दैपिच्छे बररर ताली बजाएर मनोरञ्जन लिए ।

ओलीले प्रचण्ड नेपाल समूहलाई सुन्तला खानका लागि सल्लाघारीतिर गएर नहुने तर्क गरे । उनले भने, ‘सुन्तला खान त सुन्तला घारीतिर जानुपर्छ सल्लाघारीतिर गएर हुँदैन ।’

पेरिसडाँडामा पत्रकार सम्मेलन गर्ने प्रचण्ड र माधव समूहलाई उनले रत्नपार्कमा सिसीमा औषधि बेच्नेहरुसँग तुलना गरे । ‘अलि अलि मान्छे त रत्नपार्कमा सिसीमा औषधि बेच्नेले पनि भेला पार्छ । उहाँहरुको हालत त्यही हो ।’

उनले ‘दाहाल(नेपाल’लाई खिया लागेको नटबोल्टको संज्ञा समेत दिएका छन् । उनले दुईवटा नटबोल्ट फुक्लिँदा पार्टी गतिशील भएको बताए । तीनवर्षदेखि पार्टी गतिशील हुन नसकेको भन्दै उनले अब पार्टीले गति लिएको दाबी गरे । उनले पार्टीबाट हटाएका मान्छेहरुले विभिन्न स्थानमा भेला गरेको भन्दै आक्रोश समेत पोखे ।

सूर्य चिन्हका लागि दाहाल(नेपाल समूहले निर्वाचन आयोगमा दर्ता गरेको निवेदनका विषयमा ओलीले भने, ‘उहाँहरुले सूर्य चिह्न हामीलाई दिनुस् भनेर निवेदन हालेछन् । जसको घर हो उ निवेदन हाल्न जान्छ ? जसको जमिन हो उ निवेदन हाल्न जान्छ ? जसको गाडी हो उ मेरो हो भनेर जानुपर्छ ? हामी निवेदन हालेर जानुपर्ने अवस्था छैन । हामी पार्टीको विधानअनुसार पार्टी सञ्चालन गरिरहेका छौँ । भेट्नो कुहेर झरेका फलले रुखै मै हुँ भनेर दाबी गर्ने ? आउनुस् बैठकमा निमन्त्रणा गरेका छौँ ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...