नेकपा विवाद : पुस २० गतेदेखि प्रचण्ड नेपाल पक्षले देशव्यापी दोस्रो चरणको कार्यक्रमको घोषणा (विज्ञप्तीसहित)

Kp oli ka

काठमाडौँ । नेकपा प्रचण्ड नेपाल पक्षले संसद विघटनको विरुद्धमा दोस्रो चरणका संघर्ष स्वरुप पुस २० गतेदेखि माघ २३ गतेसम्मका देशव्यापीरुपमा आयोजना गर्ने भएको छ ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै यो पक्षले संसद विघटनविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । घोषित आन्दोलनका कार्यक्रम शान्तिपूर्ण रहने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

कार्यक्रम अन्तर्गत आन्दोलनअन्तर्गत जिल्ला, पालिका, वडा तहसम्म अन्तरक्रिया, छलफल, विरोध प्रदर्शनलगायत छन्। यो खेमाले आगामी माघ १० गते राजधानी लगायत सबै शहरीमा मोटरसाइकल र्‍याली गर्ने कार्यक्रम घोषणा गरेको छ ।

यो पक्षले संसद पुनःस्थापनाको माग गर्दै यसअघि सडक प्रर्दशनलगायत कार्यक्रम गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते संसद विघटनको निर्णय गरेका थिए। त्योसँगै नेकपा राजनीतिक रुपले विभाजित भएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...