आज यी प्रदेशहरुमा बर्षाको समेत सम्भावना, देशभर बढ्यो चिसो

Weather nepal

काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको प्रभाव कायम रहेको छ । अत्याधिक चिसो बढेसँगै जनजीवन पनि प्रभावित बनेको छ । हाल देशका पहाडी भू–भागको मौसम सामान्यतया सफा रहेको छ भने तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

आज विहान ६ बजे काठमाडौंको बायुको तापक्रम २ डिग्री सेल्सियस रहेको छ । आजको न्युनतम तापक्रम २ डिग्री सेल्सियस हुनेछ भने अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ । देशका बाँकी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ । त्यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक, दुई स्थानमा हल्का बर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक, दुई स्थानमा हल्का बर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...