प्रचण्ड - नेपाल समूहले पुस १४ गते काठमाडौँ उपत्यकामा आमसभा गर्ने

Oli madhav

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड - नेपाल पक्षले काठमाडौँ उपत्यकामा पुस १४ गते आमसभा गर्ने भएको छ। संसद विघटनविरुद्ध प्रचण्ड–नेपाल पक्षले राजधानीको भृकुटीमण्डपमा आमसभा गर्न लागेको हो।

आमसभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत विभिन्न अन्य नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।

उपत्यकासहित छिमेकी जिल्लाबाट समेत नेताकार्यकर्ताहरु आमसभामा सहभागी हुने छन्। आमसभामा ५० हजारभन्दा बढीको सहभागिता गराइने विद्यार्थी नेता रञ्जित तामाङले जानकारी दिएका छन्।

काठमाडौँका विभिन्न स्थानबाट निकालिएको जुलुस भृकुटीमण्डपमा पुगी आमसभामा परिणत हुनेछ।
  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...