नेकपा स्थायी कमिटी बैठक आज बस्दै

Nekapa photo 768x497

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । गएको २१ मंसीरमा १० दिनका लागि स्थगन गरिएको नेकपा स्थायी कमिटीको बैठक आज दिउसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ । बैठकअघि दुई अध्यक्षबीच सहमतिको प्रयास जारी राखिएको छ ।

अघिल्लो बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली सहभागी थिएनन् । उनले अर्का अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको ‘आरोप पत्र’माथि छलफल हुन नसक्ने भन्दै पत्र पठाएका थिए । उनको पत्र इश्वर पोखरेलले बैठकमा प्रस्तुत गरेका थिए ।

शनिबार नेकपा स्थायी कमिटी सदस्य तथा लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन् । पोखरेल प्रधानमन्त्री तथा अध्यक्ष ओलीको सन्देशसहित दाहाललाई भेट्न उनको निवास खुमलटार पुगेको स्रोतले बताएको छ ।

तर, आजको बैठकमा प्रधानमन्त्री ओली सहभागी हुने निश्चित भइसकेको छैन । शंकर पोखरेलले भेट गर्नुअघि अर्थमन्त्री तथा नकेपा महासचिव विष्णु पौडेलले पनि दाहालसँग भेट गरेका थिए। आज बिहान पनि ओली पक्षका नेताले दाहालसँग छलफल गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस