कैलालीमा दुलही बोकेको जीप दुर्घटना, १३ जना घाइते !

Accident111

कैलाली । कैलालीमा दुलही बोकेको जीप दुर्घटनामा परेको छ । बैतडी जिल्लाको दोगडाकेदारबाट दुलही लिएर कञ्चनपुरको बेलौरी फर्कंदै गरेको जीप बुधबार राति कैलालीको गोदावरीमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुलहा–दुलहीको अवस्था भने सामान्य छ । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतीक विष्टले सु.प.प्र ०१००१ ज १२५४ नम्बरको जिप गोदावरीको गाईमारामा सडकबाट खसेको बताए । प्रहरीका अनुसार घाइतेमध्ये १० जनाको अत्तरियास्थित पदमा अस्पताल र तीन जनाको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

नेपाल दलित मुक्ति संगठनले भन्यो, ओलीको कदम असंवैधानिक छ

Dalit mukti sangathan

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तवरले प्रतिनिधिसभा विगटन गरेपछि नेपाल कम्युन...