काठमाडौं उपत्यकामा थप ८ सय २२ जनामा संक्रमण पुष्टि  

1590588492 frwvd

 

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ सय २२ जना संक्रमित फेला परेका छन् । जस्मा ३ सय ७९ महिला र पुरुष ४ सय ४३ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय २२ संक्रमित थपिएका हुन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख ८ हजार ८ सय ५ पुगेको छ ।

योसंगै काठमाडौंमा संक्रमितको कुल संख्या ८६ हजार ३ सय ७१ जना, ललितपुरमा १२ हजार ९ सय ६४, भक्तपुरमा ७ हजार ७ सय ८९ पुगेको छ ।

 

प्रतिकृया दिनुहोस