खोटाङका दुई हजार ३८८ घरमा जस्तापाताको छाना लगाइने

1604028030.kharka chhana

खोटाङ । खर वा फुसको छाना विस्थापित गर्ने नेपाल सरकारको कार्यक्रमअनुसार यस वर्ष खोटाङका दुई हजार ३८८ घरमा जस्तापाताको छाना लगाइने भएको छ । यस वर्ष फुसको छाना भएका वृद्ध, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलालाई पहिलो प्राथामिकतामा राखेर जस्तापाता वितरण गरिने प्रतिनिधि सभा सदस्य विशाल भट्टराईले जानकारी दिए । “आगामी वर्ष जिल्लाका अन्य खरको छाना भएका नागरिकको घरलाई समेत सम्बोधन गर्दै लगिनेछ”, उनले भने, “यस वर्ष जस्तापाता वितरण गर्ने जिम्मा जिल्लाका १० वटै स्थानीय तहलाई दिइएको छ ।”

शहरी विकास मन्त्रालयअन्तर्गत वितरण गरिने जस्तापाता यस वर्ष सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३४८ घर स्थानीय बासिन्दाले पाउने भएका छन् । यस्तै यसै वर्ष त्रिधार्मिकस्थल हलेसीसमेत रहेको हलेसी तुवाचुङ नगरपालिकामा ३४३ घरपरिवारको फुसको छानो हटाइने भएको छ ।

जिल्लाका १० वटै स्थानीय तहका प्रमुखको उपस्थितिमा भएको जस्तापाताको छाना वितरण गर्दा ऐँसेलुखर्क गाउँपालिकामा २३१, रावाबेँसी गाउँपालिकामा २०६, जन्तेढुङ्गा गाउँपालिकामा २२०, खोटेहाङ गाउँपालिकामा २८०, केपिलासगढी गाउँपालिकामा २११, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा २०३, साकेला गाउँपालिकामा १५० र बराहपोखरीमा गाउँपालिकामा १९६ घरधुरीले जस्ता छाना पाउनेछन् ।

जस्तापाताको छाना वितरण गर्दा पुरानो मौलिक घरहरु (खरको छाना भएको पुरानो संरचनाका घुमाउने घर) का घरधनीले संरक्षण गर्न चाहेमा स्थानीय सरकारले वैकल्पिक व्यवस्था गर्ने गरी संरक्षणमा सहयोग गर्ने निर्णय गरिएको छ । यस्तै भूकम्पमा परेको घर जसलाई राज्यले अनुदान दिइसकेको छ भने, त्यस्तो घरलाई उक्त सुविधा नदिने निर्णय गरिएको सांसद भट्टराईले बताए । यस्तै घर छाडेर अन्यत्र बसोबास गर्दै आएका तर यताको पुर्ख्यौली घरसमेत नछाडेकाहरुलाई समेत यो सुविधा दिइनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...