दोलखा भीमेश्वरलाई आयो पसिना, मुलुकमा अभुश हुन सक्ने मान्यता

Img 5848

काठमाडौँ । दोलखाको भीमेश्वरको शिलामा पसिना आएको छ । मन्दिरमा पसिना आएमा मुलुकमा अशुभ हुने धार्मिक मान्यता रहेको छ । यसअघि पनि शिलामा पसिना आउँदा ठूला ठूला क्षति भएका थिए ।

आज मंगलबार दिउँसो २ बजे देखि भीमेश्वर मन्दिरको शिलामा निरन्तर पसिना आइरहेको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष भरत क्षेष्ठले बताए । यो सँगै शिलामा पसिना आएको १८औँ पटक भएको उनले बताए ।

यसअघि शिलामा १७ औं पटक फागुन ८ मा आएको र त्यसलगतै कोरोना महामारीका कारण देशभरी लकडाउन भएको थियो । २०६२्०६३ को जनआन्दोलन अघि पनि शिलामा पसिना आउको थियो । त्यस्तै राजदरबार हत्याकाण्ड हुनुभन्दा डेढ महिनाअघि पनि पसिना आएको थियो ।

त्यस्तैगरि १९९० मा भूकम्प आउनुभन्दा अघि पनि शिलामा पसिना आएको बताइन्छ । मंगलबार पनि शिलाको दायाँ बायाँ दुवै भागबाट पसिना आइरहेको अध्यक्ष श्रेष्ठले बताए । लकडाउन पछि नियमित पूजाको लागि खोलिएको मन्दीर एकहप्ता पछि पुन बन्द गरिएको थियो ।

अहिले सर्वसाधारणका लागि बन्द रहेको छ । तर पसिना आउन थालेपछि चलन अनुसार मन्दीर व्यवस्थापन तथा गुठियारहरुले र स्थानीयले पूजा गरिरहेका छन् । पसिना आएपछि क्षमा पूजाको लागि शिलामा आएको पसिना पुछ्ने चलन छ ।

त्यहाँ पसिना पुछिएको रुवा जिल्ला प्रशासन कार्यालयको रोहवरमा गृहमन्त्रालयमार्फत राष्ट्रपतिको कार्यालयमा पुर्‍याउने व्यवस्था गरिएको छ । यसअघि राजाका पालामा पसिना आउँदा राजदरबाट क्षमा पूजाको लागि पञ्चवली पठाउने प्रचलन थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...