बीबीसीको उत्कृष्ट सय महिलाको सूचीमा परिन पशुपतिमा बेवारिसे लाश जलाउने १८ वर्षीया सपना    

45236

काठमाडौं । बेलायती समाचार संस्था ब्रिटिस ब्रोडकास्टिङ सर्भिस (बीबीसी) ले बनाएको सय महिलाको सूचीमा नेपालकी सपना रोका मगर पनि परेकी छन् । उनले पशुपति आर्यघाटमा बेवारिसे शवलाई दागबत्ती दिँदै आएकी छन् । १८ वर्षीया सपना म्याग्दीको मंगला गाउँकी हुन् ।

घरबाट पढ्न भनेर काठमाडौं आएकी उनले अहिलेसम्म दर्जनौं बेवारिसे शबलाई दागबत्ती दिइसकेकी छन् । राजनीति, उद्यम, कला, साहित्य, राजनीतिजस्ता पेसा वा सेवामार्फत महिला सशक्तीकरणमा महत्त्वपूर्ण प्रभाव पार्ने संसारभरका सय महिला छनौट गरी सन् २०१३ यता बीबीसीले प्रत्येक वर्ष यस्तो सूची सार्वजनिक गर्दै आएको छ ।

‘यस वर्ष पनि सय महिलालाई उत्कृष्टको सूचीमा समावेश गरिएको छ, जो परिवर्तन र उत्प्रेरक कामको नेतृत्व गर्दै अघि बढेका छन्’, बीबीसीले उल्लेख गरेको छ । सूचीमा नेपालकी सपनासहित फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मारिन, न्यु अवतार र मार्भल फिल्मका मिचेल यिओ र कोरोना भाइरसको भ्याक्सिन विकासमा काम गरिरहेको अक्सफोर्ड विश्वविद्यालयकी रिसर्चर सारा जिलबर्ट समावेश छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...