सत्ता र शक्तिको आडमा यसरी ठग्दैछन् माउन्ट कैलाश हाइड्रोपावरका अध्यक्ष भरत खड्का र प्रवन्धक वसन्ती शाही

Bharat khadka vasanti kumari shahi

काठमाडौं । माउन्ट कैलाश हाइड्रोपावर, मुस्ताङको थासाङ गाउँपालिकाअन्तर्गत कोबाङ र टुकुचेमा निर्माण थापा खोला जलविद्युत् आयोजनाका अध्यक्ष तथा निर्देशक भरत खड्का र कार्यकारी प्रवन्धक वसन्ती कुमारी शाही सहितकाे टाेलीले सत्ता र शक्तिको आडमा शेयर धनीहरुलाई ठगी गर्दै आएकाे खुलासा भएकाे छ ।

याे पनि पढ्नुहाेस्
यस्ताे छ माउन्ट कैलाश हाइड्रोपावरको ठगी धन्दा: ६ वर्ष पूरा भयो, शेयर धनीलाई न सावाँ न ब्याज !

माउन्ट कैलाश हाइड्रोपावर, मुस्ताङको थासाङ गाउँपालिकाअन्तर्गत कोबाङ र टुकुचेमा निर्माण थापा खोला जलविद्युत् आयोजनाका शेयर धनी पृथ्वी शाहीले सम्पत्ति शुद्धीकरण विभागमा भरत खड्का र वसन्ती सिंह शाहीविरुद्ध उजुरी दिदा पनि सरोकारवाला निकाय उदासिन देखिएका छन् ।

पृथ्वी शाहलाई माउन्ट कैलाश हाइड्रोपावरका अध्यक्ष तथा निर्देशक भरत खड्का र कार्यकारी प्रबन्धक वसन्ती सिंह शाहीले ७२ सालमानै माउन्ट कैलाश हाइड्रोपावर आइपिओ लैजाने कुरामा ढुक्क रहनु भन्दै एक करोड रकम शेयर किन्न हदैसम्म आग्रह गरेको र उक्त एक करोड शेयर पनि ३ महिनाभित्र ४ गुणाले बढ्दै जाने प्रलोभन देखाएपछि पृथ्वी शाहले ०७१ सालमा एक करोड शेयर किन्न रकम दिएका थिए ।

भरत कुमार खड्काको परिवार सहितको मिलोमतोमा सुनिता शाहीका श्रीमान पृथ्वी शाहबाट बिहे पूर्व २०७१ सालमै लेनदेन गरी गराई लिएको रूपयाँ फिर्ता माग्दा फिर्ता नगरि २०७४ सालमा छोरीसँग विहे गर्न लगाइ विहे र तेसको पश्चातपछि समेत निरन्तर रूपयाँ माग्दा फिर्ता गर्नुको सट्टा उल्टै सत्ता र शक्तिको आडमा रूपयाँ हडप्ने मनोसायले आल टाल गरेको पाएको हाे ।

उक्त विहे भएको साल महिना दिन नबित्दै पृथ्वी शाहका ७५ वर्षका बुवा , ६५ वर्षकी आमा र २२ वर्षको भाइ समेतलाई मुद्दादायर गरी डर धम्की दिने कुटपिट गर्नेसमेत चेतावनी दिने गरेको पाएको छ ।

अनेक जाल जेल षड्यंत्रगरि बुडेसकालका बुवा आमालाई सेवा गर्ने बुहारीको कर्तब्य भन्दा पनि लिएको पैसा फिर्ता नदिने ठानी पीडित बनाउने कार्य लामो समय निरन्तर डर त्रास दिदै श्रीमतीकाे सहित प्रयोग गरी पूर्वन्यायाधीश नर बहादुर शाही, माउन्ट कैलाश हाइड्रोपावरका अध्यक्ष तथा निर्देशक भरत खडका र माउन्ट कैलाश हाइड्रोपावरकी कार्यकारी प्रबन्ध वसन्ती शाहीको संग्लनतामा मिलाउनको सट्टा उल्टै मार्ने काट्ने धम्की दिदै प्रहरी र केही अराजक समूह समेत प्रयोग गर्दै आएका छन् ।

पृथ्वी शाहको नाम भएको जायजेथामाथि समेत अदालतबाट रोक्का गर्न लगाइ शाहको श्रीमती सुनिता शाहीका माइलो काका पूर्वन्यायाधीश भएकाले अदालतमा केहीलाई चिने जानेको भरमा भ्रम पैदा गरी बसन्ती शाही र भरत खड्कासहितको योजनामा केही टोले गुण्डाको प्रयोग गर्दै उल्टै मिलाउनको सट्टा छोरीलाइ ललाइ फकाइ घरबार बिहिन बनाइ घर परिवारलाई समेत मुद्धा गरि गर्न लगाउने फसाउने निच र अनैतिक कार्यको बिरोध गर्दा उल्टै आवाज बन्द गर्न हर पर्यास जारी राखेको उक्त भरत खड्का, बसन्ती शाही, वकिल र पूर्वन्याधिश रहेका छन् ।

माउन्ट कैलाश हाइड्रो पावरको नाममा सामुहिक पारिवारिक व्यवसाय गर्दै आएका भरत खड्का र वसन्ती सिहं शाहीले मुस्ताङको थासाङ गाउँपालिकाअन्तर्गत कोबाङ र टुकुचेमा निर्माण थापा खोला जलविद्युत् आयोजनामा करोडौं रकम हिनामिना गरेको र आयोजनाको नाममा शेयर उठाएर आफ्नै घरायसी प्रयोजनको अन्य ठेक्कापट्टामा उक्त शेयर रकम प्रयोग गरि शेयर धनीहरुलाई निकास हुने रकम समेत फिर्ता नदिइ अकुत सम्पत्ति आर्जन गरेको भन्दै छानबिनको माग गर्दै उनीहरु विरुद्ध सम्पत्ति सुदृढीकरण विभागमा उजुरी गरिएको थियो ।

तर तीन वर्षपछि शेयर प्रमाणपत्र ०७४ साल मंसिरको मिति राख्दै दिएको आरोप लगाइएको छ ।

pritमाउन्ट कैलाश हाइड्रोपावरका अध्यक्ष तथा निर्देशक भरत खड्का र कार्यकारी प्रबन्ध वसन्ती शाहीले शेयर धनीमा पृथ्वी शाहकाे मनोमानी हिसावले नाम राखेको पाएकाे छ ।

साथै, अहिले सम्म  पृथ्वी शाहलाई  न ब्याज न सावाँ दुबै नदिई उक्त शेयर रकम माग्दा सम्पति लाेभमा वसन्ती शाहीले अाफ्नी छाेरीसँग विवाह गराइ जग्गा जमिन पैसा अाफ्नाे बनाउनेकाे लागी अहिले ठाउ ठाउका प्रहरी कार्यालयमा  मुद्दा हाल्ने र सत्ता र शक्तिको आडमा डर धम्की दिने कुटपिट गर्नेसमेत चेतावनी दिने गरेको र आफु करोडौंमा ठगिदाँ मानसिक यातना कारण औषधिसमेत नियमित सेवन गर्नुपरेको  पृथ्वी शाहले कान्तिपथ डटमकलाई बताउनु भयाे ।

यस्तै बेला बेलामा माउन्ट कैलाश हाइड्रोपावर, मुस्ताङको थासाङ गाउँपालिकाअन्तर्गत कोबाङ र टुकुचेमा निर्माण थापा खोला जलविद्युत् आयोजनाका अध्यक्ष तथा निर्देशक भरत खड्काले सत्ता र शक्तिको आडमा सम्पति हडप्ने मनाेसायले  अदालतमा पृथ्वी शाहविरुद्ध मुर्दा हाल्ने धम्की समेत दिने गरेकाे पाएकाे छ ।

No description available.केही जायजेथासहित अंश माना चामल मागी डिभोर्स गर्न लाई पृथ्वी शाह राजि हुँदा समेत केही नरने गरी सम्पूर्ण सम्पत्ति लिलामी हुँदै गएको छ । सम्पूर्ण जग्गा, जमिन सापटी लिएर भरत खड्का र बसन्ती शाहीको मिलेमतोमा दिएको रकम बैंक अरु बित्तिय संस्थामा र साथीभाईलाई फिर्ता गर्न नसक्दा समय मा सावा ब्याज तिर्न नसक्दा बिगत समय देखी उहाँको परिवारिक कारणले हाल कोरोना भाइरसको महामारीले भएको ब्यवसाय समेत बन्द गरी बस्नु परेको छ ।

land shaअहिले पृथ्वी शाहको परिवारलाई समेत  बास बस्नलाई  पनि नहुने दयनिय र एकदमै कहली लाग्दो अबस्थामा देख्दा आँफै हामी अचमित भयौ अनेक पिडा दुख दर्द निमत्यएको देख्दा हामीले नबोली नलेखी रहन सकिएन समाजमा उहाँ एक जना मात्र छैनन् उहाँ जस्ता हजारौं मानिसलाई यसरी पीडित बनाएका छन् ।

माउन्ट कैलाश हाइड्रोपावरका अध्यक्ष तथा निर्देशक भरत खड्काको परिवारसँग लामो समय ब्यवसाय मिलेमतोमा जोडिएका कार्यकारी प्रबन्ध वसन्ती कुमारी शाहीका श्रीमान पूर्वमन्त्री जीवनबहादुर शाही हाल साल मात्र नेपाल वायुसेवा निगमले एयरबसको दुईवटा वाइडबडी जहाज किन्दा ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ भ्रष्टाचार भएको संसदीय उपसमितिले निष्कर्ष निकालेको छ।

याे पनि पढ्नुहाेस्
वाइडबडी जहाज खरिद प्रकरण : ४ अर्ब ३५ करोड भ्रष्टाचार भएको संसदीय उपसमितिको ठहर

जीवनबहादुर शाहीलाई पनि दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको हो।

महालेखापरीक्षकको प्रतिवेदनमा खरिद प्रक्रिया कानुनसम्मत नदेखिएको उल्लेख हुँदाहुँदै छानबिन नगरी अन्तिम किस्ता रकम भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ।

उपसमितिले सिंगो जहाज खरिद प्रक्रिया नै अनियमितताका लागि रचिएको ठहर गरेको छ। नयाँ जहाज खरिद गर्नुपर्नेमा सन् २०१४ पछि बनेको र एक हजार घन्टा उडेको जहाज किन्ने भन्नुको अर्थ जहाज किन्दा प्राप्त हुने छुट दुरुपयोगको लक्ष्य राखेको उपसमितिको निर्क्यौल छ।

खरिद प्रक्रिया जारी रहँदा वाइडबडी जहाज हेर्ने भन्दै ३८ जनालाई विदेश घुमाइएकोमा पनि भ्रष्टाचार भएको उपसमितिको निर्क्यौल छ।

यस्तै पटक पटक कार्वाहीमा पर्दै हालै रक्सीको राजस्व छलीमा घुस खाएको आरोपमा बर्खास्त, साथै उच्च अदालतका आफ्नै दाई मन्त्री हुँदाको फाईदामा कांग्रेसको कोटामा पिछडिएको क्षेत्र र दाईको चुतुराइले कांग्रेसको बाहुले टिका लगाइ नियुक्ति भएका ब्यक्ति हुन पूर्वन्याधिश नरबहादुर शाही ।

Nara Bahadur Shahiनरबहादुर शाही

यस्तै बैतडीकी एक स्कुले युवती पूजा बोहारालाई बलात्कार गर्ने सागर भट्ट र अमरराज अवस्थीलाई ‘प्रादेशिक क्षेत्राधिकारका विषयमा गम्भीर त्रुटि गरी आदेश गरेको देखिएकाले छानबिनमा समेत परेका थिए ।

threeeविस २०६८ मा सामूहिक बलात्कारको शिकार भएकी बैतडीकी बालिका पूजा बोहराले अन्ततः न्याय पाएकी छन् । एसएलसीको परीक्षा दिन आफ्नो ठूलोबुवाको छोरीको घरमा बस्दै आएकी पूजा २०६८ चैत ९ गते बलात्कारमा परेकी हुन् ।

विसं २०६८ चैत ९ गते गेसपेपर किन्न स्टेशनरी पसलमा पुगेकी उनलाई लागुपदार्थ मिसाएको मिठाइ ख्वाएर बेहोस बनाई बलात्कार गरिएको थियो । बलात्कृत बोहरा पसल नजीकैको नालीमा अचेत अवस्थामा फेला परेकी थिइन् ।

घटनापछि प्रहरीले जाहेरी लिन मानेन । विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षले जाहेरी दिए तर पनि प्रहरीले लिन मानेन । विद्यार्थीले बजार बन्द गरेपछि मात्रै उनीहरूलाई प्रहरीले पक्राउ ग¥यो र मुद्दा चलायो । बोहराका तर्फबाट २०६८ चैत १० गते प्रहरीमा उजूरी हालिएको थियो ।

बलात्कारपछि मानसिक सन्तुलन गुमाएकी बोहराको उपचारपछि घटनाको तथ्य बाहिर आएको थियो । बैतडी जिल्ला अदालतमा भट्ट र अवस्थीविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो । बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकको एकल इजलासले अभियुक्तद्वय भट्ट र अवस्थीलाई दोषी ठहर गर्दै १३ वर्ष कैद र जनही ५०/५० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

बैतडी जिल्ला अदालतले गरेको त्यही फैसलालाई पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय नरबहादुर शाहीको इजलासले २०७१ वैशाख १५ गते उल्ट्याउँदै अभियुक्तद्वयलाई निर्दोष सावित गरेको थियो । त्यो फैसला सर्वोच्च अदालतमा पुगेर उल्टियो थियाे ।

सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई नै सदर गरिदिएको हो । उक्त मुद्दाको कात्तिक ७ गते बिहीवार किनारा लाग्यो ।

यस मुद्दामा पनि नरबहादुर शाहीले चलखेल गरेको पाएको थियो ।

basntiबसन्ती शाही

माउन्ट कैलाश हाइड्रोपावरका संचालक भरत खड्का र कार्यकारी प्रमुख बसन्ती शाहीसहितको परिवारले आफ्नो छोरी छोरा सरह ज्वाई पृथ्वी शाहको सहपरीवारको समेत भविष्य अन्धकार बनाइ मानसिक क्षती पुर्‍याइ ठग्ने कार्यमा मिलेमतो देखिएकाे छ ।

कम्पनीको नाम लिएको हरेक पैसा आफ्नै ब्यक्ति गत पारिवारिक प्रयोजनमा ठग्ने गरेको आफु अरु परिवारका सदस्यसहित अरु अन्य सँस्था खोलि माउन्ट कैलाशको नामको, लगानी रकम अरु प्रयोजन गरि तिनै ठेक्का पट्टा गर्ने देखाउने काम नगरने अरु सापटी लिएको रकम फिर्ता माग्दा समेत् फिर्ता नगरि समय फिर्ता दिने सर्तमा सेयरमा नाम राखी दिने गरेको ठगि गर्ने योजना अनुसार ठग्ने प्रायोजने खोस्टा कागजको सेयर सस्दय बनाउदै उता भुक्तानि दीएको लागत रकम आफ्नै प्रयोजनमा प्रयोग गर्ने गरेको पाएको छ ।

रकम लगानी लागत भन्दा माथि देखाइविद्युत प्राधिकरणका समेतका केही मानिसलाई आफ्नो बसमा पार्ने कार्य गरि गराइ ठग्ने कार्य बाहेक अरु अन्य बिना आय ब्यय कुनै मितव्ययिता नराखी दोहोरो रुप एकलौटी ठेक्का जस्तै हरेकलाई गुमराहामा राक्दै ठग्नु बाहेक अर्को बिकल्प उक्त सँस्थाका सचाल्क भरत खड्का र प्रमुख बसन्ती शाहीको पारिवारिक लगानी भित्रको साठो घाठोको सग्लन्ताले पूर्ण मिलेमतो गरेको प्रस्ट देखिन्छ

मुस्ताङको थासाङ गाउँपालिकाअन्तर्गत कोबाङ र टुकुचेमा निर्माण थापा खोला जलविद्युत् आयोजनाले हिउँदको समयमा आयोजनाबाट १३ मेगावाट उत्पादन गर्ने भए पनि ५ मेगावाट मात्रै उत्पादन गरिएको, विभिन्न बाहाना गर्दै आयोजना सम्पन्न गर्न करिब २० वर्ष भन्दा धेरै समय लगाएको, अहिलेसम्म पनि आयोजना आइपिएमा जान नसकेको छैन ।

पूर्वमन्त्री, अधिवत्ता, पूर्वन्यायाधीशसहितको पारिवारिक व्यवसायीक आडमा संचालन भएको माउन्ट कैलाश हाइड्रोपावरले आफुलाई मात्र नभएर कयौं सर्वसाधारणहरुलाई ठगी गर्दै आएको र हाइड्रोपावरको शेयर सदस्यहरुको कुनै लेखा-जोखा र वार्षिक साधरण सभासमेत नगरि किर्ते कागजात पेश गर्दै राज्यको आँखामा समेत छारो हालेको शाहको दाबी छ ।

तर उक्त आयोजनाका अध्यक्ष तथा निर्देशक खड्काले यस बारे कुनै जानकारी नभएको समते बताएकाे छ  । कानुनी जटिलताले यस्तो समस्या भएको भन्दै कानुनी प्रक्रिया पूरा भएपछि समस्या समाधान हुने उनले भने ।

हाल उक्त आयोजनामा ६५ जना शेयर सदस्य रहेका छन् हेर्नुहाेस् सूचीसहित

No description available.मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेस्थित १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना संन्चालनमा छ ।

यहि प्रकरणसँग सम्बन्धित थप सामग्री केहि समय पश्चात सम्प्रेषण हुनेछ … ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...