विश्वमा शुक्रबार साढे ६ लाख बढी कोरोना संक्रमित थपिए

Corona world

एजेन्सी । कोर।ेना भाइरस (कोभिड–१९) बाट शुक्रबार साढे ६ लाख जना संक्रमित भएका छन् । गत २४ घण्टाभित्र विश्वमा ६ लाख ५२ हजार ३७३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका हुन् । सोही अवधिमा ११ हजार २७ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ७८ लाख ८८ हजार १२ र मृत्यु हुनेको संख्या १३ लाख ७६ हजार ७४९ पुगेको छ ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ९४ हजार १५३ जना रहेका छन् । सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ८९३ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टाभित्र ४६ हजार २८८ नयाँ संक्रमित थपिएका छन् । त्यहाँ थप ५६२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र इटलीमा ३७ हजार २४२, ब्राजिलमा ३७ हजार ७५, बेलायतमा २० हजार २५२, जर्मनीमा २३ हजार ४५०, रसियामा २४ हजार ३१८, फ्रान्समा २२ हजार ८८२, कोलम्बियामा सात हजार ९५४ तथा इरानमा १३ हजार २६० जना नयाँ संक्रमित थपिएका छन् ।

प्रतिकृया दिनुहोस