हिरासतमा थुनुवाले गरे आत्महत्या

Death body 1

बाँके । जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले शुक्रबार आत्महत्या गरेका छन् । बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या गरेका हुन् । प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार उनी शौचालयको भेन्टिलेटरमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यान मुद्दामा पनि अनुसन्धान गरिरहेको थियो । उनी कात्तिक १४ गते पक्राउ परेका थिए । उनी हातहतियार र बम बिस्फोट सम्बन्धी मुद्दामा ७ वर्ष कारागार बसिसकेका व्यक्ति हुन्,ु प्रहरी नायब उपरीक्षक खड्काले भने । आत्महत्या गर्नुको कारण भने खुल्न नसकेको उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सत्ता र शक्तिको आडमा यसरी ठग्दैछन् माउन्ट कैलाश हाइड्रोपावरका अध्यक्ष भरत खड्का र प्रवन्धक वसन्ती शाही

Bharat khadka vasanti kumari shahi

काठमाडौं । माउन्ट कैलाश हाइड्रोपावर, मुस्ताङको थासाङ गाउँपालिकाअन्तर्गत कोबाङ र टुकुचेमा निर्माण ...