बारामा तस्कर र प्रहरीबीच झडप हुँदा बालकसहित ४ जना घाइते

Hawai fire

बारा । भारतबाट तस्करीका सामान ल्याएकाहरुसँग झडप हुँदा बारामा तीन प्रहरी र एक बालकसहित चार जना घाइते भएका छन् । प्रहरीतर्फ घाइते भएका सई विरेन्द्र गिरीसहित तीन जनाको कलैयामै उपचार भइरहेको छ ।

टाउकोमा गोली लागेका रन्जनको वीरगन्जस्थित नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ । बाराको सुवर्णपुर गाउँपालिकाको कवहीगोठमा प्रहरीको गोली लागेर स्थानीय १४ वर्षीय रन्जन यादव गम्भीर घाइते भएका छन् ।

स्थानीयले गएराति भारतबाट मोटरसाइकलमा प्याज ओसारेका थिए । भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा लुकिछिपी प्याज ओसार्ने र बिक्री गर्ने क्रम चलिरहेको थियो ।

कबहीगोठ प्रहरीले नियन्त्रणमा लिएको तस्करीको प्याज बुधबार बेलुकी कलैयास्थित जिल्ला प्रहरी कार्यालयमा ल्याउने क्रममा तस्कर र स्थानीयले प्रहरीमाथि आक्रमण गर्दै प्रहरीको गाडीमा तोडफोड गर्न थालेपछि झडप भएको हो ।

प्रहरी निरीक्षक यादवले भने स्थिति निन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाइ फायर गर्दा हुलुमुलमा परेका बालक रन्जनलाई गोलीको छर्रा लागेको बताएका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले प्रहरीले आत्मसुरक्षाका लागि अन्तिम अवस्थामा हवाई फायर गर्दा एक बालक घाइते भएको जानकारी दिए । उनका अनुसार प्रहरीले स्थिति नियन्त्रणका लागि १२ राउन्ड हवाई फायर गरेको थियो । प्रहरीको गोली लागेर घाइते भएका बालकको अवस्था गम्भीर छ । उनको टाउकोमा गोली लागेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...