वडा सचिवको नेतृत्वमा पाँचौं पटक दलित समुदायमाथि कुटपिट

Final 3

दशैको दिन थियो, आफ्नै वडाका वडासचिव नैनसिंह रोकायाको नेतृत्वमा आएका ब्यक्तिहरु राति ११ बजे दलित समुदाय काँडा गाउँमा पुग्यो । राति उक्त हूल त्यहाँ पुग्दा सुतिरहेका दलित समुदायका ब्यक्तिहरुको निद्रा खुल्यो, र बाहिर हेर्दा ठूल–ठूलो स्वरमा डूमहरु भन्दै, जोरजोरले गाली गर्दै, यिनीहरुलाई गाउँ निकाला गर्नुपर्छ भन्ने आवाज सुनियो । उनीहरुले गाली गर्दै कुट्न थाले ।

बैतडीको सिगास गाँउपालिका–६ स्थित काँडागाँउका दलित परिवारहरुले वडासचिवको ज्यादती सहेको यो पाचौँ पटक हो । वडासचिव रोकायाको घर तथा पसल दलितबस्ती नजिकै हो ।

स्थानीय राजेन्द्र बिकले भने ‘हामी दशै मनाएर बसेका थियौँ, यसरी कुटाइ खाइन्छ भन्ने के थाहा ?, राति ११ बजे हाम्रो बस्तीमा पसेका ब्यक्तिहरुले हामीलाई बिहान ३ बजेसम्म गालिगलौज गर्दै कुटे, हामीलाई गाउँ छोडेर जानुपर्छ भन्छन् । हामीले यसैगरी कुटाइ खाएको यो पाचौँ पटक हो, उनले भने, ‘अब हामी कता जाने ?’ हामीले २ महिना अगाडी यो ठाउँमा रक्सी बन्द गर्नुपर्छ भन्ने आवाज उठाएकाले हामीले अहिले यसरी कुटाइ खानु परेको हो, उनले भने ।’

वडासचिवको आफ्नै मदिरा पसल रहेको र त्यही मदिरा सेवन गरेर आएका खगेन्द्र रोकाया, भानबहादुर रोकाया, पदम रोकाया लगायतका ब्यक्तिहरुले आफुहरुलाई कुटपिट गरेको स्थानिय महेश बिकले बताए । उनले भने ‘हाम्रा घरका महिलालाई छातीमा लात्ती बजारे, राति सुतिरहेका महिलालाई तानेर घरबाहिर ल्याई कुटेकाछन् । यस्तो ज्यादति कत्ति सहेर बस्ने, हामीले मुद्धा हाल्न जान्छु भन्दा, गाउँमै मिल्नुस् भन्दैछन् ।’

कुटपिटबाट महामति बिक, हिरा लुहार, कलेभान बिक, इश्वर बिक र अनिस बिक घाइते रहेका छन् । घाइतेहरुको अवस्था भने, सामान्य रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउँदले बताए ।

यस बिषयमा वडाअध्यक्ष डम्बर धामीले भने, घटनाको बिषयमा आफुलाई मंगलबार मात्रै जानकारी भएको बताए । उनले भने ‘घटना दशैको दिन भएको भन्ने छ, मैले प्रहरी यहाँ पुगिसकेपछि थाहा पाएँ, दोषी भनिएका वडासचिव मैले सम्झाउन मात्रै खोजेको हुँ भन्छन् ।

अहिले यस्तो घटना भयो भनेर वडामा आएकाछन्, कसैले उक्साएर मुद्धा बनाएको जस्तोपनि देखिन्छ । वडाअध्यक्ष धामीले भने ।’ यो बिषयमा अझै बुझ्दैछौँ । राति ११ बजे घटना भएको भनिएकोमा राति ८ बजेतिर उक्त घटना भएको बुझिएको वडाअध्यक्ष धामीको भनाइ छ । तर त्यसदिन ११ बजेदेखि ३ बजेसम्म घटना भएको र त्यस अघिल्लो दिन राति ८ बजे समेत आफुहरुले कुटाइ खाएको पीडित पक्षको भनाई छ ।

कुटपिटमा परेकाहरुले भने, वडाका ब्यक्तिहरु मुद्धा गाउँमै मिलाउने पक्षमा रहेको बताउछन् । आफुहरुमाथी भएको ज्यादतिबारे वडाअध्यक्षले चासो नराखेको समेत उनिहरुको आरोप छ । यसअघि गत साउन महिनामा समेत आफुहरुले वडामा निवेदन दिएकोमा वडाअध्यक्षले कुनै चासो नदेखाएको बताएका छन् ।

उनीहरुले अहिले वडा कार्यालयमा दिएको निवेदनमा वडासचिवले जड्याहाहरुको हुल बोलाएर मध्यरातमा आफूहरुमाथि कुटपीट गरेको उल्लेख गरेका छन् । राजेन्द्र बिक भन्छन् ‘हामीलाई यो ठाउँमा न्याय पाइने आस मारिसकेका छौँ, अब जिल्ला पुगेर मुद्धा हाल्छौँ, सरकारलाई घच्याउछौँ, कति दिन यस्तो ज्यादति सहने ? उनले भने, । राजधानिबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...