समुदायमा कोरोना संक्रमण देखिएपछि मिक्लाजुङमा निषेधाज्ञा

Nisedhagya logo

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा समुदायमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । पाँचथरमा पहिलो पटक समुदायमा कोरोना संक्रमण देखिएको हो ।

मिक्लाजुङ–४ रविका ६ जना स्थानीयवासीमा सङ्क्रमण देखिएपछि कात्तिक १२ गतेदेखि कात्तिक १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । कात्तिक ४ गते झापाको दमकबाट रबी आएकी एक महिलामा गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको थियो ।

सङ्क्रमित महिलाको सम्पर्कमा रहेका उनका एक छोरा तथा उनी बस्दै आएको घरका तीन महिला र एक पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।

गाउँपालिकाले औषधि पसल, दूध र दुग्धजन्यबाहेक व्यापार व्यवसाय बन्द गर्ने र ग्रामीण भेगमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै शववाहन, एम्बुलेन्स र निर्माण सामग्री ढुवानी गर्ने साधनबाहेक सम्पूर्ण सवारीका साधनसमेत उक्त अवधिका लागि बन्द गरिएको छ ।

गाउँपालिका अध्यक्ष अमरराज माखिमद्धारा जारी सार्वजनिक सूचना जारी गर्दै अत्यावश्यकबाहेक सम्पूर्ण सेवा एक साताका लागि बन्द गरिएको जानकारी दिइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...