गाउँगाउँमा गुर्जाेको विरुवा बाँढ्दै युवा नेता रामहरी खतिवडा

Ramhari khatioda gurgo badhdai

ओखलढुंगा । देशभर कोरोना संक्रमण बढिरहेका बेला नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले ओखलढुंगाको गाउँगाउँमा गुर्जोको विरुवा बाँडेका छन् । कोरोना महामारी शुरू भएपछि गाउँगाउँमा गुर्जो पानी सेवन गर्ने प्रचलन बढेको छ ।

दशैंको शुभकामना बाँड्न र कोरोनाबारे सचेतना जगाउन जिल्लामा पुगेका संविधानसभा सदस्यसमेत रहेका खतिवडाले विभिन्न स्थानीय तहमा पुगेर ३ हजार गुर्जोको विरुवा बाँडेका हुन् ।

गाउँमा वितरणका लागि खतिवडाले ३ हजार बिरुवा काठमाडौंबाट लगेका थिए । केही सहयोग स्वरुप प्राप्त र केही विरुवा प्रतिगोटा ५ रुपैयाँको दरले खरिद गरेर गाउँमा विरुवा बाँढेको खतिवडाले बताए ।

मानेभञ्जाङ गाउँपालिकाका अध्यक्ष मोतिराज राईमार्फत विभिन्न वडामा गुर्जोका विरुवा बाँडिएको छ सिद्धिचरण नगरपालिका र सुनकोशी गाउँपालिकामा पनि गुर्जोको बिरुवा वितरणको कार्यक्रम रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...