प्रचण्डले भने, जोसुकै भए पनि मुकेश चौरसियाको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउ

Prachanda 9

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्सा पार्टी जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्नलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

कात्तिक ६ गते नेकपा पर्साको विन्दवासिनी गाउँपालिका कमिटीको सपथ ग्रहण समारोहमा नेकपाकै दुई समूहबीच झडप हुँदा गम्भीर घाइते भएका मुकेशको भोलिपल्ट मृत्यु भएको छ । सपथ ग्रहणमा विवाद हुँदा पर्सा जिल्ला समिति सदस्य तथा गाउँपालिका सचिव चौरसियाको हत्या भएको थियो ।

अध्यक्ष दाहालले आइतबार विज्ञप्ति जारी गर्दै दोषी जोसुकै भए पनि कारबाही गर्न माग गरेका हुन् । यसअघि नेकपाको पर्सा जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवले विज्ञप्ति निकालेर चौरसियालाई शहीद घोषणा गर्न र हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेका थिए ।

यही कात्तिक ६ गते पर्सा, विन्दवासिनी गाउँपालिका पार्टी कमिटीको शपथ ग्रहण कार्यक्रममा नेकपा अध्यक्ष दाहालले चौरसियालाई शहीद घोषणा गर्न तथा हत्यारालाई कारबाही गर्न माग गर्दै पार्टी जिल्ला कमिटीका इञ्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट जारी वक्तव्यको समर्थनसमेत गरेका छन् ।

‘हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘म केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै मृतकप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा समवेदना प्रकट गर्दछु ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज मंसिर महिनाको १७ गते बुधबार, यस्तो छ तपाईको भाग्य

Pathibhara 2014

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मेजमानीको अनुकू...