गुन्डागर्दी र लुटपाटबाट कमाएकाे पैसा समाजसेवा खर्च गर्दै गुन्डा नाइके लामा

Dawa

काठमाडौं । गुन्डा नाइके दावा लामाले दशैमा काठमाडौँ देखि भुम्लुसम्म निस्शुल्क बसको व्यवस्था गरेका छ।

गुन्डा नाइके लामाले भुम्लु गाउँपालिकाले बडा दशै २०७७ को पावन अबसरमा सम्पूर्ण भुम्लु गाउँपालिकाका जनताको लागि साथै काठमाडौंबाट भुम्लु जाने सबैलाई निस्शुल्क सवारी साधनको ब्यबस्था गरिएको स्रोतले जनाएको छ।

कोरोनाको महामारीको कारणले गर्दा पर्याप्त मात्रामा सवारी साधन सन्चालनमा नभएको भन्दै गुण्डा लामाले सो अभियन सन्चालन गरेको स्रोतले जनाएको छ।

नेपालीहरूको महान चाड बडा दशैं जस्तो पर्वमा पनि जनताको लागि सवारी साधन आबश्यकता मात्रमा नभएको हुनाले थप सहयोगको लागि नेपाली कांग्रेस भुम्लु गाउँपालिकाले काठमाडौँ देखि भुम्लु सम्म नि शुल्क साधनको ब्यबस्थापन गरेको हुनाले भुम्लु जाने सबैले समयमा नै सम्पर्क गर्न गुन्डा नाइके दावा लामाले आग्रह गरेका छन् ।

गुन्डा नाइके लामा २०७५ शनिबार, भदौ १६ गते भारतको सिक्किममा बसेर नलाइन जुवा खेलाएको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको थियो ।

यस्तै २०७३ चैत २९ गते काठमाडौंको गौरीघाटस्थित दिव्या पार्टी प्यालेसको ‘जिम हाउस’मा लामामाथि गोली प्रहार भएको थियो।

अपराधमा लामो नाता २०६७ सालदेखि लामा पटक/पटक जेल पर्दै र छुट्दै आएका थिए।

कुनै बेला गणेश लामाको सहयोगी रहेका दावा लामाले पछिल्लो समय आफ्नै ग्याङ खडा गरेका पनि थिए।

अहिले भने लामा गुन्डागर्दी र लुटपाटबाट कमाएकाे पैसा समाजसेवा खर्च गर्दै आएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...