पेट्रोल खन्याउने क्रममा रुपन्देहीको एभरेष्ट पेट्रोल पम्पमा भीषण आगलागी

Accident .jpg1603119157 768x363

बुटवल । रुपन्देहीको सिद्धार्थ नगरपालिका–८ अन्चरलपुरमा रहेको एभरेष्ट पेट्रोल पम्पमा आगलागी भएको छ । पम्पमा प्रेट्रोल खनाउने क्रममा साँझ करिब साढे ७ बजेतिर आगलागी भएको रुपन्देही प्रहरीका प्रवक्ता एवं डिएसपी खड्कबहादुर खत्रीले बताए ।

उनका अनुसार लु २ ख १५४१ नम्बरको ट्यांकरबाट पेट्रोल खन्याउने क्रममा आगलागी भएको थियो । आगलागीबाट ट्यांकर र त्यसमा रहेको पेट्रोल जलेर नष्ट भएको छ । आगलागी भएलगत्तै सुरक्षाकर्मी नियन्त्रणका लागि खटेका थिए ।

आगोलाई बुटवल उपमहानगर, सिद्धार्थ नगरपालिका र लुम्बिनी सांस्कृतिक नगपालिकाबाट आएको दमकलले नियन्त्रणमा लिएको छ । समयमै सूचना भएकाले थप क्षति हुन नपाएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी खत्रीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...