प्रधानमन्त्री ओलीले भनेः सेनाको इतिहास जति गर्विलो छ, वर्तमान उत्तिकै भरपर्दो छ

Oli health

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलील संवेदनशील र गहन राष्ट्रिय सुरक्षा विषयबारे निरन्तर अनुसन्धान, छलफल र अन्तरक्रियाको आवश्यकता औँल्याएका छन् ।

‘पृतनापति समन्वयात्मक बैठकको प्रधानमन्त्री कार्यालयबाटै भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली सेनामा रणनीतिक तहमा सञ्चालन हुने यस्ता छलफल र अन्तक्र्रियाले राष्ट्रिय सुरक्षाका चुनौती पहिल्याउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ सङ्क्रमणपछि स्वदेश फर्केका नेपालीलाई क्वारेन्टिन र आइसोलेशन सेन्टरको व्यवस्थापन तथा सङ्क्रमणबाट मृत्यु भएकाको अन्तिम संस्कार गर्ने सैनिक जवानको कार्यको सरकारले उच्च प्रशंसा गरेको बताए । कठिन भूगोल र प्रतिकूल मौसम भए पनि छोटो अवधिमा नै दार्चुलाको छाङ्रुमा सेनाले घोडेटो बाटो निर्माण गरी हस्तान्तरण गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सेनाको इतिहास जति गर्विलो छ, वर्तमान उत्तिकै भरपर्दो र विश्वसनीय छ ।’

कार्यसम्पादन सम्झौता कार्यान्वयनको प्रतिवेदनले सेनाको कार्यसम्पादन उत्साहजनक रहेको बताउँदै उनले विद्यमान अन्तरराष्ट्रिय परिवेश तथा क्षेत्रीय परिस्थितिबाट उत्पन्न हुन सक्ने परिस्थिति, सुरक्षा खतरा र चुनौतीबीच पूर्वाधार निर्माण, आर्थिक स्थिरता, विकास तथा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सम्बोधनको आवश्यकता तत्कालीन चुनौतीका रुपमा देखिएको औँल्याए ।

राष्ट्रिय एकतामा विग्रह ल्याउन खोज्ने, देशलाई पुनः अस्थिरताको भुमरीमा धकेलेर जनतामा त्रासको वातावरण सिर्जना गरी आफ्नो अभिष्ट पूरा गर्न क्रियाशील व्यक्ति वा समूह राष्ट्रिय सुरक्षाका प्रमुख चुनौती भएको बताउँदै प्रधानमन्त्री ओलीले भने, ’सेनाभित्रै हुन सक्ने घुसपैठमा पनि सङ्गठनको उच्च नेतृत्व सजग र सचेत रहनुपर्छ ।’

निर्दिष्ट संवैधानिक दायित्व सम्पादन तथा राष्ट्रिय हितलाई सम्बद्र्धन गर्न सेनालाई समयसापेक्ष आधुनिकीकरण गर्दै लैजाने बताउँदै उनले सेनाको दीर्घकालीन सोच, पुनर्संरचना योजना तथा अपरेशनल अवधारणामा सरकार सकारात्मक छ भने । सेनाभित्र पारदर्शिता र इमान्दारीको अभ्यास स्थापित हुँदै गएको आफूले पाएको बताउँदै प्रधानमन्त्री ओलीले सेनाप्रति जनताको विश्वास राख्नमा सजग रहन निर्देशन दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...