मोरङमा भोलिदेखि दसैं लक्षित निषेधाज्ञा जारी

Nisedhagya bara 1 768x553

काठमाडौँ । दसैंलाई लक्षित गरी मोरङमा भोलिदेखि लागू हुने गरी कात्तिक १५ गतेसम्मलाई निषेधाज्ञा जारी गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै कोरोना जोखिमलाई मध्यनजर गर्दै कात्तिक ३ गतेदेखि १५ गतेसम्म निषेधाज्ञा जारी गरिने जनाएको छ ।

जिल्लाभरिका सबै मठ, मन्दिर, शक्तिपिठहरू, मस्जिद, गुम्बा, चर्चहरूमा दैनिक रुपमा गरिने नित्य पूजा, प्रार्थना बाहेक सामुहिक रुपमा भेला जम्मा भई पूजा, प्रार्थना, भजन, कीर्तन, रथयात्रा, कलश यात्रा, बली पूजा, मुर्ति विसर्जन आदि जस्ता कार्यहरू नगर्ने नगराउने सूचनामा भनिएको छ । यस्तै चाडपर्वमा सामुहिक रुपमा भेला भई शुभकामना आदान प्रदान समेत नगर्न अपिल गरिएको छ ।

निषेधज्ञा अवधिभर जिल्लाभरि नै साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा चल्ने लामो दूरीका सवारी बाहेक अन्य सवारीको आवतजावतलाई समेत रोक लगाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...