नेपाल दलित मुक्ति मोर्चाको कार्यवाहक संयोजकमा विश्वकर्मा

Tek bahadur bk

काठमाडौं । नेपाल दलित मुक्ति मोर्चाको कार्यवाहक संयोजकको जिम्मेवारी टेकबहादुर विश्वकर्मालाई दिइएको छ ।

शनिबार बसेको कार्यालय बैठकले मोर्चाका सचिवालय सदस्य टेकबहादुर विश्वकर्मालाई कार्यवहाक संयोजकको जिम्मेवारी दिएको हो । उनी लामो समयदेखि मोर्चामा जिम्मेवार पदमा रही दलित आन्दोलनमा क्रियाशील छन् । उनी संयुक्त राजनीतिक दलित संघर्ष समितिमार्फत देशभर भइरहेका दलित हिंसा विरुद्धको आन्दोलनमा सहभागी बन्दै आएका छन् ।

दलित समुदायमाथि भइरहेको राजनीतिक, आर्थिक, सामाजिक संस्कृतिक लगायतका क्षेत्रमा लादिएको तमाम विभेदका विरुद्ध तथा वर्गविहीन समाज निर्माण गर्न संघर्षरत नेपाल दलित मुक्ति मोर्चाको संयोजक र सहसंयोजकको बैठकले विकलाई कार्यवहाक संयोजकको जिम्मेवारी दिएको हो ।

रुकुमपश्चिम सोतीमा अन्तरजातीय प्रेम सम्बध रहेको कारण नवराज विक लगाएत छ जना होनहार युवाहरुको सामुहिक हत्या, धनुषाको प्रहरी हिरासतमा मारिएका शम्भु सदा, अंगिरा पासी लगायतका दोषीहरुलाई कारवाहीको माग गर्दै गरिएको विरोध प्रर्दशनमा घाइतेसमेत भएका विश्वकर्माले जिल्ला संगठनको नेतृत्व गदैं बागमती प्रदेशको समेत नेतृत्व गरिसकेका छन् ।

मोर्चा संगठनका संयोजक अमर परियार तथा सहसंयोजक बाबुराम प्यासी परियारद्वारा संयूक्त रुपमा जारी विज्ञप्तिमा जातीय विभेदका आधारमा भएका हत्या, हिंसा, बलात्कार लगायतका घटनाविरुद्ध निरन्तर सडक संघर्ष जारी रहेको उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...