कैलालीको जुगेडाको सीमा क्षेत्रमा ३ हप्तामा २ सुरक्षाकर्मी मारिए, असई बिक हत्या प्रकरणमा ११ जना पक्राउ

Asaiko  hatya kailali

कैलाली । नेपाल भारतको दशगजा क्षेत्रमा तीन हप्ताको अवधीमा दुई जना सुरक्षाकर्मीको हत्या भएको छ ।

सीमा क्षेत्रमा शनिबार राति ड्युटीमा खटिएका बेला जुगेडास्थित अस्थायी प्रहरी चौकीका इन्चार्जसमेत रहेका प्रहरी सहायक निरीक्षक गोविन्द बिकको हत्या गरिएसँगै तीन हप्ताको अवधीमा दुई जना सुरक्षाकर्मीको हत्या भएको हो ।

तीन हप्ताअघि त्यही स्थान नजिकै सुर्खेत घर भई धनगढी उपमहानगरपालिका–१० जुगेडाको बिओपीमा कार्यरत सशस्त्र प्रहरीका जवान २२ वर्षीय कुमार तारु मगर मृत फेला परेका थिए ।

मगरको हत्या भएको तीन हप्तापछि नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) विकको को घाँटी रेटेर हत्या भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका घर भई जुगेडास्थित अस्थायी प्रहरी चौकीमा कायरत विकको कैलालीको धनगढी उप–महानगरपालिका–१० जुगेडाको सीमा क्षेत्रमा हत्या भएको हो ।

असईसँगै बेपत्ता भएका प्रहरी जवान रामबहादुर साउद भने अझै फेला परेका छैनन् । उनको खोजी जारी रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

मृतक विकको घाटीमा धारिलो हतियारको चोट देखिएकाले तस्करहरुले घाँटी रेटेर हत्या गरेको प्रहरीले आशंका गरेको छ । विकसँग रहेको हतियार (पेस्तोल) अझै फेला नपरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सिंहले जानकारी दिए ।

विकले चढ्ने बा५८प ५२८४ नम्बरको मोटरसाइकल चौकीबाट एक किमीको दूरीमा फेला परेको थियो । चौकीबाट करिब तीन किमीको दूरीमा रहेको मोहना नदीमा विकको शव फेला परेको थियो ।

जुगेडाको मोहना नदी आसपासको नेपाल भारत सीमाक्षेत्र अत्याधिक तस्करी हुने स्थानको रुपमा लिइन्छ । मृतक विक भारतीय तस्कर समूहको निशानामा परेका प्रहरीले अनुमान गरेको छ ।

उनको शव नेपाल भारत सीमा छुट्याउने पिल्लरबाट करिब ५० मिटरको दूरीमा फेला परेको छ । घाँटी रेटेरै हत्या गर्ने तस्करको योजना सफल भएको प्रहरीले अनुमान गरेको छ। बेपत्ता जवान साउँदको पनि हत्या भएको हुन सक्ने अनुमान गरिएको छ ।

घट्नास्थलबाट करिब आधा किलोमिटरमा भारतीय बस्ती रहेको छ । त्यहाँ राना समुदाय बस्ने गरेको र उनीहरु नेपालबाट भारत र भारतबाट नेपाल तस्करी गर्ने स्थानीयको भनाई छ ।

नजिकै रहेको भारतको खिरी जिल्लास्थित बनकट्टी बजारबाट अवैध रुपमा सामान ल्याउने र मोहना नदी पार गरेर तस्करी गर्ने स्थानीयको भनाइ छ ।

यता विकको हत्या प्रकरणमा सोधपुछको लागि प्रहरीले ११ जनालाई नियन्त्रणमा दिएको छ । अनुसन्धान प्रारम्भिक चरणमा रहेकाले पक्राउ पर्नेको नाम खुलाइएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...