दम्पतीमाथि धारिलो हतियारले आक्रमण

Knife attack

काठमाडौँ । मौलापुर नगरपालिका वडा नं ५ पतौरा गाउँका ३५ वर्षीय हरेन्द्र साह र उनकी श्रीमती शिला देवीमाथि धारिलो हतियारले साङ्घातिक आक्रमण भएको छ । धारिलो हतियारको आक्रमणले हरेन्द्रको दाहिने कानका छेउमा र पत्नीको दाहिने पाखुरामा गम्भीर घाउ लागेको छ ।

उनीहरुलाई गम्भीरावस्थामा तत्कालै उपचारका लागि गए राति एम्बुलेन्सबाट एलएस न्युरो अस्पताल वीरगञ्ज पठाइएको छ । रातभरिको उपचारपछि दुवैको अवस्था सुधार हुँदै गएको जिल्ला प्रहरी प्रवक्ता  भरत श्रेष्ठले जानकारी दिए ।

राति १ बजे साह दम्पती सुतिरहेका अवस्थामा अज्ञात मानिसले दुवैमाथि धारिलो हतियारले आक्रमण गरेको थियो । आक्रमणको ठोस कारण खुल्न नसके पनि घटनास्थलको प्रकृतिअनुसार साहका घरमा चोरी गर्ने उद्देश्यले चोर आएको र जाग्राम भएपछि आफू बच्नलाई दम्पतीमाथि आक्रमण गरेर भागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रनाउ श्रेष्ठले  घरमा चोर देखेर  शिलादेवीले होहल्ला गर्दा उनमाथि पहिले र  हरेन्द्र उठ्दा उनीमाथि पछि आक्रमण भएको बताउँदै  घटनामा संलग्नको खोजी तथा अनुसन्धान भइरहेको जानकारी दिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘तँ डुमले हाम्री छोरी लिन खोज्ने’ भन्दै कुटिए दिनेश नेपाली, प्रहरीले अस्पतालबाट समातेपछि भयो कोरोना

Dinesh nepali

डोटी । पछिल्ला केही समययता अन्तरजातीय प्रेम वा विवाह गरेका विषयमा दलित युवाहरु निर्घात कुटिने मात...