कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

1596942790 v5z7i

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय २७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या ७ सय २७ पुगेको हो ।

पछिल्लो समय कोभिडबाट मृत्यु हुनेको संख्या बढिरहेको छ । असोज महिनामा मात्रै संक्रमणबाट ३ सय ३२ जनाले ज्यान गुमाइसकेका छन् । चितवनमा कोरोना संक्रमित खैरहनी नगरपालिकाका वडा नम्बर १२ का वडा सदस्य बद्रीबहादुर पाण्डेसहित दुई जनाको मृत्यु भएको छ ।

दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएका ४१ वर्षीय पाण्डे क्यान्सर रोगबाट समेत पीडित थिए । उनी गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । यसैगरी चितवन मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालिका वडा नं. ६ की ६८ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

ज्वरो, खोकी र निमोनियाको समस्या भएपछि गत असोज २४ गते अस्पताल भर्ना गरिएकी महिलाको आज बिहान मृत्यु भएको हो । यस्तै, बीपी प्रतिष्ठान धरानमा पनि उपचारका क्रममा दुई संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान–१५ का ६५ वर्षीय बृद्ध र झापा शिवसताक्षी ११ का ५६ वर्षीय पुरूष छन् । यस्तै बिहीबार नै संक्रमण पुष्टि भएका झापाको पुरूषको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...