वीरगञ्जमा एक अपार्टमेन्टमा प्रहरीको छापा : २२ किलो भन्दा बढी सुन बरामद

Gold bullion vault

काठमाडौँ । प्रहरीले वीरगञ्जबाट २२ किलो ४ सयग्राम सुन नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगञ्ज–६ कुम्हाल टोलमा रहेको एक अपार्टमेन्टमा छापा मारी उक्त परिमाणको सुन बरामद गरेको हो। बरामद गरिएको सुन वैध वा अवैध के हो यसबारेमा खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

नियन्त्रणमा लिइएको सुनको बारेमा विस्तृतमा अहिले केहीबेरमा पत्रकार सम्मेलन गरी जानकारी दिने पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘तँ डुमले हाम्री छोरी लिन खोज्ने’ भन्दै कुटिए दिनेश नेपाली, प्रहरीले अस्पतालबाट समातेपछि भयो कोरोना

Dinesh nepali

डोटी । पछिल्ला केही समययता अन्तरजातीय प्रेम वा विवाह गरेका विषयमा दलित युवाहरु निर्घात कुटिने मात...