कोरोना संक्रमणले यो वर्ष पूर्वराजा, राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारणलाई टीका नलगाई दिने

Gyanendra dasain

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराजा ज्ञानेन्द्र शाह लगायतले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।

देशभर कोरोना संक्रमितको संख्या बढेको बढ्यै गरेको र महामारीकै रुप लिन थालेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कोरोना भाइरसका कारण सर्वसाधारणलाई टीका नलगाउने तयारी शीतलनिवासले जनाएको छ ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले कोरोना भाइरसका कारण राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाउनेबारे अन्योल रहेको बताए । वर्तमान अवस्थालाई हेर्दा टीका लगाउनु चुनौतीपूर्ण देखिएको छ ।

यो वर्ष सर्वसाधारणलार्य टिका लगाउन सम्भव नहुने भएकाले शीतल निवासमा खासै तयारी केही भएको छैन । कोरोना संक्रमणका कारण टिका लगाइदिने वा नलगाई दिने भन्ने निष्कषमा नपुग्दा शीतलनिवासले केही तयारी गरेको छैन ।

यता, पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष कोरोना भाइरसका कारण शालीन र सादगी रुपमा दसैं मनाउने तयारी गरेका छन् । जसअनुसार विजयादशमीको दिन सर्वसाधारणलाई टीका नलगाउने र अष्टमीको दिन शक्तिपीठमा पनि नजाने निर्णय गरेका छन् ।

सहयोगी फणिराज पाठकले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मौसुफबाट यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरुमा दर्शन गरिबक्सने कार्यक्रम र विजया दशमीका दिनमा टीका बक्सने कार्यक्रम नहुने व्यहोरा जानकारी गराइन्छ ।’

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने तयारी गरेका छन् । कोरोना भाइरसका कारण सामाजिक दुरी कायम गर्नुपर्ने भएकोले यो वर्ष सर्वसाधारणलाई टीका लगाउने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...