दशैं आए पनि चम्केन व्यापार

Pasal ajynxwp7vi

काठमाडौँ । अचेल उपत्यकामा केही भीडभाड बढे पनि व्यापार भने बढ्न सकेको छैन । यस वर्षको दशैँ तिहार नजिकै आउँदा पनि व्यापार चम्कन नसकेपछि व्यापारी निराश छन् । स्थायी घर गोरखाका गणेश भट्टले दशैँका लागि तन्ना तथा कुर्ता बिक्रीका लागि राख्नुभएको छ तर सधैँ झैँ व्यापार छैन ।

उनले अघिल्ला वर्षमा एक सयभन्दा बढी तन्ना बेच्थे। ग्राहक आएर बस्ने ठाउँ हुँदैनथ्यो तर अहिले १० वटा बिक्री हुन पनि गाह्रो छ । काठमाडौँमा व्यापार गरिरहेका उनी आफूहरू पनि दशैँ मनाउन केही आम्दानी गर्नुपर्ने भएकाले दशैँको मौका छोपी व्यापार गर्न लागेको तर कोरोनाको महामारीले व्यापार नभएपछि निराश भएको बताउँछन् ।

बाटोमा हिँड्डुल गर्ने व्यक्ति पनि पहिलेभन्दा पातला छन् । आफ्नो अनुभव सुनाउँदै उनले व्यापार पहिलेको दाँजोमा २५ प्रतिशत पनि छैन, खाद्यान्न बाहेकका वस्तुको अहिले कारोबार न्यून रहेको सुनाए ।अहिले सपिङ मलका व्यापारी दिनभर सटर खुला राखेर कहिले पाँच–दस हजार व्यापार गरेर घर फर्किन्छन् भने कहिले व्यापारै नगरी घर फर्कने पनि भएको व्यापारीको अनुभव छ ।दशैँ नजिकिएसँगै व्यापार पनि होला भन्ने सोचले सामान ल्याए पनि ग्राहक नआउँदा उनीहरू अहिले समस्यामा परेका हुन् ।

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण नागरिक घरभित्रै भएकाले पनि दशैँको सामान किन्न खासै बजार निस्केका छैनन् । ग्राहकलाई आकर्षण गर्न व्यापारीले विभिन्न सामानमा छुटको व्यवस्था गरे पनि त्यसमा ग्राहकको आकर्षण नभएको लुगा व्यापारी अनिल बर्माले बताए । उनका अनुसार अहिले दशैँ नजिकिँदै गर्दा सपिङ मलका व्यापारीले दशैँ, तिहार तथा छठलाई लक्षित गर्दै छुट सहुलियत, उपहार लगायत योजना ल्याएका छन् ।

दशैँमा नयाँ लगाउनुपर्ने र मीठो खानुपर्ने परम्परागत मान्यता रहिआएको छ । छुट र सहुलियतले बजारमा रौनक छाउने गरेको विशालबजार व्यापार सङ्घका अध्यक्ष दामोदर कार्कीले बताए ।उनले यो वर्ष कोरोना महामारीका कारण व्यापार हुने आश छैन । पहिलेको १० देखि १५ प्रतिशत मात्रा व्यापार हुन्छ होला । फुटपाथतिर अलि होला तर हाम्रो जस्तो पसलमा कहिले त बोहनी पनि हुँदैन भन्नुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...