अन्तर्राष्ट्रिय उडानमा लागेको प्रतिवन्ध कात्तिक मसान्तसम्म लम्बियो, दसैं तिहारमा उपत्यकाको नाका सिल गर्न सुझाव

Hwai sewa

काठमाडौं । सरकारले कोरोना भाइरसको महामारीलाई थप बढ्न नदिनका लागि अन्तर्राष्ट्रिय उडान कात्तिक मसान्तसम्म प्रतिबन्ध लगाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज मसान्तसम्म रोक लगाइएको अन्तर्राष्ट्रिय उडानलाई कात्तिक मसान्तसम्म लम्बाउने निर्णय गरेको हो । अहिले निश्चित क्षेत्रबाट भने उडान सञ्चालन भइरहेको छ ।

मन्त्रिपरिषद् बैठकले दसैँ बारेमा पनि नयाँ निर्णय गरेको छ । दसैँमा आवतजावत धेरै हुने भएकाले अहिले रहेकै ठाउँमा दसैँ मनाउने व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ । त्यसका लागि के कसरी निर्णय कार्यान्वयन गराउने भन्ने विषय भने सम्बन्धित मन्त्रालयले जानकारी गराउने भएको छ ।

दसैँं–तिहारको समयमा उपत्यका प्रवेश गर्ने नाका बन्द गर्न सरकारलाई संसदीय उपसमितिले सुझाव दिइसकेको छ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको ‘कोभिड १९ नियन्त्रणमा सरकारको कामकारबाही अनुगमन उपसमिति’ ले उपत्यका प्रवेशको नाका सिल नगरे कोरोना भाइरसको महामारी थप भयावह हुने चेतावनी दिएको हो ।

गत भदौ ९ गते शिक्षा तथा स्वास्थ्य समितिको बैठकले श्रेष्ठको नेतृत्वमा सात सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिले उपत्यका र उपत्यका बाहिरका विभिन्न जिल्लामा पुगेर कोरोना महामारी रोकथाममा सरकारले गरेको कामको अनुगमन गरी प्रतिवेदन तयार पारेको छ ।

संयोजक श्रेष्ठले उपत्यका बाहिर कोरोना महामारीबाट बच्न सतर्कता नअपनाइएको र अत्यधिक हेलचेक्र्याईं पाइएको छ । ‘उपत्यकाबाहिर कोभिडको प्रभाव नभएको जस्तो देखियो । कामकाज भइरहेकै छ । सरकारी कार्यालयमा भीड त्यत्तिकै लागेको छ । यो कदम गम्भीर विषय हो’ उपसमिति संयोजक जीवनराम श्रेष्ठले भने, ‘१० प्रतिशत मान्छेले मात्रै मास्क प्रयोग गरेको देख्यौं ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...