मेयर फोरमले भन्यो : कोरोनाले उपत्यका भयावह बन्दैछ, २५ हजार नकुरौं

Kathmandu vally

काठमाडौं । काठमाडौं उपत्यका मेयर फोरमले काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमणले भयावह अवस्था आउन थालेको निष्कर्ष निकालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक्टिभ संक्रमितको संख्या २५ हजार पुगेमा फेरि लकडाउन गर्न सरकारलाई सुझाव दिएको भोलिपल्ट फोरमले २५ हजार संख्या कुरेर बस्न नहुने निष्कर्ष निकालेको छ । अहिले सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ रहेको छ ।

बढ्दो संक्रमण र सबै क्षेत्र खुला रहेकाले अवस्था भयावहतर्फ गइरहेको फोरमको निष्कर्ष छ । पछिल्लो समय देशभर दैनिक हुने संक्रमितमध्ये झण्डै ६० प्रतिशत काठमाडौं उपत्यकाका रहेका छन् ।

फोरमले कोरोनाको अवस्थाका विषयमा छिट्टै छलफल गर्ने तयारी गरेको छ । बैठक बसेर नयाँ खालको निर्णय गर्नेगरी अनौपचारिक संवाद भइरहेको फोरमका सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठ बताउँछन् ।

श्रेष्ठले अबको केही दिनमा अवस्था भयावह हुने देखिएकाले सबैजनाले सतर्कताले अप्नाउन आग्रह गरेका छन् । ‘अवस्था झन् भयावह हुँदैछ । सबैजनाले सतर्कता अप्नाउनुपर्छ’ उनले भने, ‘संख्या गनेर बसेर हुँदैन । सरकारले थप सतर्कता अप्नाउनु पर्छ । दसैँको आसपास उपत्यकाको अवस्था भयावह हुने अवस्था छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...