छिरिङ राप्केले दिए आफ्नो जन्म गाउँमा माक्स

Manang help news

काठमाडौं । अमेरिकाको न्युयोर्कमा बस्दै आएका छिरिङ राप्के लामाले आफ्नो जन्म गाउँ मनाङको नासोँ गाउँपालिकामा माक्सहरु वितरण गरेका छन् ।

लामाको आर्थिक सहयोगमा नासोँ गाउँपालिकामा वडा नं. ५ थोँचेमा रहेका वृद्धवृद्धा, गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थकर्मी, विद्यार्थी र शिक्षकलाई २ सय भन्दा बढी माक्स वितरण गरिएको हो । लामाले आफ्नो जन्म गाउँका आफन्तलाई कोरोना संक्रमणबाट जोगिन सहज बनोस् भनेर माक्स वितरण गरेका हुन् ।

निशानदेवी मिडिया प्रालिको संयोजनमा नासोँ गाउँपालिकाका मेयर चन्द्र घले, वडा नं. ५ का वडाध्यक्ष छिरिङ ग्याल्पो पुनेल, स्थानीय जनप्रतिनिधि, प्रकाश ज्योति उच्च माविको विद्यालय सञ्चालक समिति अध्यक्ष थुतेन लामा, स्थानीय फुर्पु लामाले माक्स वितरणमा सहगोगी भुमिका निर्वाह गरेका थिए ।

लामाकै सहयोगमा प्रकाश ज्योति उच्च माविमा अध्ययनरत छात्रछात्राहरुका लागि ३ सयभन्दा बढी थान माक्स वितरण गरिँदैछ । विद्यालय सञ्चालन समितिका अध्यक्ष थुतेन लामाको आग्रहमा विद्यार्थीहरुको लागि माक्स वितरण दिन लागिएको हो ।

लामाले कोरोना संक्रमण सुरु भएयता नै नेपालमा ग्रीन हाउस क्लब इटहरी, निशानदेवी मिडिया प्रालि काठमाडौं लगायतका विभिन्न संघ सस्थाको संयोजनमा खाद्यन्न सहयोग गर्दै आएका छन् भने फिल्डमा खटिने सञ्चारकर्मीहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ ।

 

प्रतिकृया दिनुहोस