जागरण मिडिया सेन्टरको अध्यक्षमा कमला विश्वकर्मा निर्वाचित

Jmc president kamala bk

बुटवल । जागरण मिडिया सेन्टरको ७ औं अधिवेसनले कमला बिश्वकर्मालाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । विश्वकर्मा संविधान सभा सदस्य पनि हुन् ।

बुटवलमा मंगलबार सम्पन्न अधिवेसनले बरिष्ठ उपाध्यक्षमा मिलन परियार, उपाध्यक्षमा सोना खटिक, महासचिव भीम घिमिरे, सचिव कृष्ण दर्नाल र कोषाध्यक्षमा सुशील दर्नाललाई चयन गरेको छ ।

जागरण मिडिया सेन्टरको कार्यसमितिमा दिनेश परियार, पूर्ण विके, रमेश बादी गन्धर्व, रिङ्कु दास र जगलाल नेपाली सदस्य निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई संविधानसभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडी, निवर्तमान अध्यक्ष रेम विश्वकर्मा, सल्लाहाकार जेवि विश्वकर्मा, संयुक्त दलित संघर्ष समितिका संयोजक हरिओम विश्वकर्मा, पूर्व उपाध्यक्ष पूर्णसिंह बराईली, पूर्व महासचिव दीलिपकुमार नेपाली, पूर्व उपाध्यक्ष दीपक परियार लगायतले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शूभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...