डा. गोविन्द केसीलाई जबरजस्ती लगियो ट्रमा सेन्टर

प्रहरी भन्छ, कोरोनाको डरले ट्रमा सेन्टर पुर्‍याइयो

Dr,kc trama center

काठमाडौं । अनशनकै क्रममा सोमबार काठमाडौं आइपुगेका डा. गोविन्द केसीलाई प्रहरीले जवरजस्ती राष्ट्रिय ट्रमा सेन्टर लगेको छ । डा. केसी नेपालगञ्जबाट ११ः१५ बजेको फ्लाइटमा काठमाडौं आएका थिए ।

नेपालगन्जबाट बुद्ध एयरको विमानबाट काठमाडौं ओर्लिएलगत्तै विमानस्थलबाटै डा. केसीलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लगेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा हाल विगतमा वीर अस्पतालमा दिइने उपचार सेवा सञ्चालन हुँदै आएको छ ।

उनी आफैं एम्बुलेन्समा बसेर शिक्षण अस्पताल जान लागेका बेला प्रहरीहरुले एम्बुलेन्स भित्रै प्रवेश गरेर उनलाई नियन्त्रणमा लिइ ट्रमा सेन्टर पुर्‍याएका हुन् । कोरोनाको जोखिमका कारण त्रिवि शिक्षण अस्पताल नलगी ट्रमा सेन्टर लगिएको प्रहरीले दावी गरेको छ ।

डा। केसीसँग हाल ट्रमा सेन्टरका चिकित्सकहरुले छलफल गरिरहेका छन् भने केसीका समर्थकहरुलाई उनलाई भेट्न दिइएको छैन । आफ्नो सेवा अवधिभर त्रिवि शिक्षण अस्पतालमा काम गरेका केसीले गत वर्ष अवकाश लिएका थिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु गर्नुपर्ने, हरेक प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने, पीसीआर परीक्षणलाई तिब्र पारेर लकडाउन र निषेधाज्ञा खोल्नुपर्ने माग राखेर केसीले भदौ २९ गते जुम्लामा अनशन सुरु गरेका थिए ।

जुम्लामा अनशनका क्रममा धरपकड हुन सक्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड हुन सक्ने भन्दै केसी आइतबार काठमाडौंतर्फ आएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...