२४ घण्टामा कोरोनाबाट १६ जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो

Corona 13 e1590631748141

काठमाडौँ । कोरोना संक्रमणबाट २४ घण्टामा थप १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ३ जना महिला र १३ जना पुरुष रहेको बताए ।

मकवानपुरकी १७ वर्षीया, ललितपुरकी ५८ वर्षीया र दोलखाका ५२ वर्षीया गरी ३ जना महिलाको कोरोना संक्रमणले मृत्यु भएको छ । कोरोनाले काठमाडौँका २ जना ५८ वर्षीय र ७३ वर्षीया, बाँकेका ५० र ५९ वर्षीय , भक्तपुरका ८४ र ६२ वर्षीय, झापाका ७२ वर्षीय, सुनसरीका ४९ वर्षीय, पर्साका ८८ वर्षीय, मकवानपुरका ६८ वर्षीय, ललितपुरका ६१ वर्षीय, चितवनका ५५ वर्षीय र रुपन्देहीका ६७ वर्षीय गरी १३ जना पुरुषको मृत्यु भएको हो ।

योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...