थप १००५ कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज

Corona koshi1

काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ४७ हजार २ सय ३८ पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल ७२ प्रतिशत हो ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १७ हजार ६ सय ११ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ४ सय ३ रहेको छ । यस्तै होम आइसोलेसनमा रहनेको संख्या ८ हजार ६ सय ९० रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार ९ सय २१ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ५ सय ३३ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ९ लाख २३ हजार ८ सय २३ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...