बिना अक्सिजन १० पटक सगरमाथा आरोहण गरेका आङरिता शेर्पाको निधन

Himchituwa aangrita sherpa

काठमाडौँ । ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए ।

७२ वर्षीय शेर्पाको आफ्नै निवास जोरपाटीमा सोमबार विहान १० बजे शेर्पाको आफ्नै निवासमा निधन भएको हो । उनको आज बिहान १० बजे उनकै निजि निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले बताए ।

अक्सिजनबिना नै सगरमाथाको १० पटक सफल आरोहण गरेका शेर्पाले गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका थिए । हिमाल आरोही आङरिता शेर्पाको सोमबार निधन भएको छ ।

उनले सन् १९८३ देखि सगरमाथाको आरोहण सुरु गरेका थिए। सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियो । सर्वोच्च शिखर सगरमाथामात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट के२ तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उनले पटकपटक आरोहण गरेका थिए ।

सन् १९४८ मा जन्मिएका आङरिताको पुख्र्यौली पेशा चौरीपालन भए पनि १५ वर्षकै उमेरदेखि उनी आरोहणमा लागेका थिए। पहिलो पटक करीब २० वर्षका उमेरमा चोयु हिमाल आरोहण गरेका उनले विनाअक्सिजन पहिलो पटक १९८३ मा सगरमाथा चुचुरामा पाइला टेकेका थिए । 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...