आन्तरिक हवाइ उडान आजबाट सुचारु

Airport nepal

काठमाडौं । कोरोना महामरीसागै गरिएको बन्दाबन्दी तथा निषेधाज्ञाले झन्डै ६ महीनादेखि ठप्प रहेको मुलुकको आन्तरिक उडान आजबाट सुरु हुँदै छ । सामान्य अवस्थाको तुलनामा २५ प्रतिशत मात्रै उडान गर्न पाइने सरकारको निर्णयअनुरूप नै निजी वायुसेवा कम्पनीहरूले नियमित उडानको सम्पूर्ण तयारी पूरा गरेको बताएका छन् ।

असोज ५ गतेदेखि उडान शुरू हुने भएपछि आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्सले गत शुक्रवारदेखि नै बुकिङ खुला गरेका थिए । आइतवारसम्म ७० देखि ७५ प्रतिशत सीट बुकिङ भइसकेको यी विमान कम्पनीहरूले बताएका छन् ।

सुरक्षित उडान सुनिश्चितताका लागि वायुसेवा कम्पनीले नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्डलाई ध्यानमा राख्दै आवश्यक प्रक्रिया पुर्‍याइ सेवा सञ्चालन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ ।

कोरोनासँग मिल्दाजुल्दा कुनै लक्षण भएका यात्रुलाई हवाई उडानमा पूर्ण निषेध गरिएको छ । विमानस्थलमा यात्रुको दोहरो तापक्रम चेकजाँच, कन्ट्याक्टलेस चेकइन, सामाजिक दूरी, विमान चढ्नुअगावै ह्यान्ड स्यानिटाइजेशन तथा हरेक यात्रुलाई मास्क तथा भाइजरको प्रयोग अनिवार्य गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...