महिला पत्रकारको रहस्यमय मृत्यु, हत्या गरिएको आफन्तको आरोप

Nirmala paharai

कैलाली । कैलालीको सुख्खडमा एक जना रेडियो पत्रकार महिलाको रहस्यमय मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका ४ घर भएकी २३ बर्षीय रेडियो पत्रकार निर्मला पहराईको जंगलमा झुण्डिएको अवस्थामा शव भेटिएको हो ।

कैलाली एफ–एममा कार्यरत उनको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । रुखमा झुण्डिएको अवस्थामा शव फेला परेपनि हत्या गरेर रुखमा झुण्ड्याइएको आफन्तको आरोप छ । दुई दिनअघि घरबाट सम्पर्कविहिन भएकी उनको खोजी गर्दा जंगलमा शव भेटिएको हो । उनको शव पोष्र्टमार्टमका लागि जिल्ला अस्पताल कैलाली लगिएको छ ।

गैरदलित युवकसँग प्रेममा थिइन पछिल्लो केही बर्षयता पत्रकारितामा सक्रिय उनी रेडियोकै एक पत्रकारसँग प्रेम सम्बन्धमा रहेको पाइएको छ । पहराईका केही साथीहरुका अनुसार उनी रेडियोमै काम गर्ने युवकसँग प्रेम सम्बन्धमा रहेको पाइएको हो ।

गैरदलित समुदायका युवकसँग प्रेम सम्बन्धमा रहेको भए पनि ‘जात नमिल्ने’ भन्दै उनले पटक पटक दुर्व्यवहार भोग्दै आएकी थिइन् । पछिल्लो केही समय तनावमा देखिएकी उनको शुक्रबार भने जंगलमा झुण्डिएको अवस्थामा शव भेटिएको हो ।

शव भेटिएको स्थल समेत शंकास्पद रहेकाले निष्पक्ष छानबिनको माग गर्दै आफन्तले हत्या गरेर घटनालाई आत्महत्याजस्तो देखाउन खोजिएको आरोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...