सिरहा कारागारका ५ सय १६ जना कैदीबन्दीलाई कोरोना

Coronaa

सिरहा । सिरहा कारागारमा रहेका ५ सय ९९ जना कैदीबन्दी मध्ये अधिकांशमा कोरोना संक्रमण पुष्टि भएको छ । कारागारमा पटक पटक गरेको पीसिआर परीक्षणबाट कारागारमा रहेका ५ सय ९९ जना मध्ये ५ सय १६ जनामा कोरोना संक्रण देखिएको हो ।

एक सय ५० जन अटाउने क्षमता भएको कारागारमा दुई गुन्नाबढी कैदिवन्दी राखेको हुँदा संक्रमण दर उच्च देखिएको बताइएको छ । धेरैमा कोरोना संक्रमण देखिएपछि सवै तसित बनेका छन् । कारागारमा एक सय पचास जना मात्र कैदी बन्दी राख्ने क्षमता भएकाले भौतिक दूरी कायम नहुँदा कैदीबन्दीमा संक्रमण तिव्रगतिमा फैलिएको जनाएको छ ।

कारागारमा बुधबार मात्रै २ सय ५९ जना संक्रमित थपिएपछि सिँगै कारागारलाई आइसोलेसन केन्द्रमा परिणत गर्नुपर्ने वाध्यता भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी जानकारी दिए । उनले भने, ‘कारागारमा भएका धेरैमा पोजेटिभ देखिएको छ, अव यसैलाई आईशोलेशनको रुपमा संचालन गर्नु पर्छ ।’

सिरहा कारागारमा एक सय ३५ जना पुरुष र १५ महिला कैदीबन्दी गरी एक सय ५० जना राख्ने क्षमता मात्र रहेको छ । सानो ठाउँमा धेरै कैदीबन्दी राखिँदा भौतिक दूरीको अपर्याप्तता, शौचालय र खुला ठाउँको अभावकै कारण संक्रमण फैलिएको सिरहा कारागारका निमित्त प्रमुख वविता महतोले बताइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...