मोदीलाई ओलीको जन्मदिनको शुभकामना

Oli modi 768x462

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ७० औं जन्मदिनको शुभकामना दिएका छन् । मोदीको जन्म सन् १९५० सेप्टेम्बर १७ मा भएको हो ।

ट्विट गर्दै प्रम ओलीले मोदीको सुस्वास्थ्य र खुशीको कामना गर्दै जन्मदिनको सुभकामना दिएका छन् । शुभकामना सन्देशमा ओलीले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनका लागि निरन्तर काम गर्ने उल्लेख गरेका छन् । मोदी भारतको प्रधानमन्त्री हुनुअघि १३ वर्ष गुजरातको मुख्यमन्त्री बनेका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदी जीलाई तपाईको जन्मदिनको शुभ अवसरमा हार्दिक अभिवादन । म तपाईलाई राम्रो स्वास्थ्य र खुशीको कामना गर्छु । हामी दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ पार्न सँगै मिलेर काम गर्ने छौं, ओलीले ट्वीटमा भनेका छन् ।

 

प्रतिकृया दिनुहोस