अख्तियार दुरुपयोग निवारण आयोगको पहिलो प्रमुख आयुक्त सिंहको निधन

Anirudra prasad singh

काठमाडौं । पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन भएको छ । सिंहको निमोनियाका कारण काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा मंगलबार बेलुकी ७ः३० बजे उनको निधन भएको हो ।

विसंं. २००३ सालमा झापा गोश्वाराको हाकिम भइ सरकारी सेवामा प्रवेश गरेका उनले विसं. २००४ सालदेखि २०११ सालसम्म झापा, दाङ, तौलिहवा र पाल्पाको बडाहाकिम भई काम गरेका थिए । उनी २०१२ सालमा शाही सल्लाहकारमा मनोनयन पनि भएका थिए ।

त्यसपछि २०१३ सालमा सर्वोच्च अदालत ऐन जारी भई सर्वोच्च अदालत गठन भएपछि पहिलो प्रधान न्यायाधीशका रुपमा अनिरुद्र प्रसाद सिंहले न्यायालयको नेतृत्व गरेका थिए । न्यायालयमा रहँदा सिंहले अदालतका नजिरहरुको अभिलेखीकरणका २०१५ सालबाट नेपाल कानुन पत्रिकाको प्रकाशन आरम्भ गरेका थिए ।

२०१६ सालमा उनी लोकसेवा आयोगको अध्यक्ष पनि भएका थिए । त्यसपछि उनी कानुन, वन लगायतका मन्त्री पनि भए । २०१८ सालमा उनलाई राजा महेन्द्रले नारायणहिटी राजदरबारमा कार्यालय स्थापना गरी विशेष जाहेरी विभागको प्रमुख नियुक्त गरेका थिए ।

२०३२ सालमा उनलाई संविधान सुधार आयोगको अध्यक्ष पदमा मनोनयन गरिएको थियो । २०३४ सालमा तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगको पहिलो प्रमुख आयुक्तमा उनी नियुक्त भएका थिए । अख्तियारमा २०३४ साल पुस १३ गतेदेखि २०४२ साल बैशाख ३० गतेसम्म कार्यरत उनी त्यसलगत्तै राजसभा स्थायी समितिको सभापतिसमेत बनेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज भदौ ३ गते शनिबार, श्री शनिदेवको दर्शन गर्दै हेर्नुस् आज यस्तो छ तपाईको राशीफल

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सम्मान प्राप्त हुनेछ । साहित्य लेखनमा रुचि बढ्नेछ । पराक्र...