सिन्धुपाल्चोकमा भूकम्पले थप पहिरोको जोखिम बढ्यो, सेना–प्रहरीलाई हाइ अलर्टमा रहन आग्रह

Ppahiro

काठमाडौँ । सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दू बनाएर गएको बुधबार विहानको ५.३ रेक्टर स्केलको भूकम्पले सिन्धुपाल्चोकमा पहिरोले थप क्षति गर्नसक्ने अनुमान गरिएको छ । केही दिन यता सिन्धुपाल्चोकमा ठूला पहिरो गएका छन् । सिन्धुपाल्चोकका सिडिओ उमेश कुमार ढकालले जिल्लाका सुरक्षा निकायहरुलाई अलर्ट रहन निर्देशन पनि दिएका छन् ।

भूकम्पले पहिरोको जोखिम थप बढेको छ, जिल्लाका सबै सुरक्षा निकायहरुलाई अलर्ट रहन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए । बुधबार विहान महसुस गरिएको भूकम्प काठमाडौं उपत्यका र अन्य छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।

बुधबार बिहानको भूकम्पले जमिन थप कमजोर बनाएको अनुमान गर्दै प्रजिअ ढकालले भने, ‘पहिरोको जोखिम बढ्यो, आर्मी र एपीएफलाई अलर्ट बस्न भनेको छु ।’ भूकम्पका कारण जमिन कमजोर भएकाले यस वर्षको वर्षामा पहिरोले पनि सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोकमै पुर्याएको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...