लायन्स क्लवद्धारा केन्द्रिय कारागारका कैदीबन्दीलाई सुरक्षा सामाग्री वितरण

Lions help karagar

काठमाडौं । बढ्दो कोरोना संक्रमणबाट बच्न लायन्स क्लव काठमाडौंले सुधारास्थित केन्द्रीय कारागारमा रहेका ३ हजार २ सय कैदीबन्दी र सुरक्षाकर्मीहलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

‘सेवा नै धर्म हो’ भन्ने नाराका साथ अगाडि बढेको लायन्स क्लव अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक तीनसय पच्चिस ए वान अन्तर्गतका लायन्स क्लव अफ काठमाडौं हिमालयन्स र लायन्स क्लव अफ माउन्ट मकालुले संयुक्त रुपमा हातधुने साबुन र माक्स वितरण गरेको हो ।

लायन्स क्लव अफ माउन्ट मकालुका प्रथम भाईस प्रेसिडेन्ट लायन भीमप्रसाद पोख्रेलका अनुसार विगतका दिनहरूमा पनि लायन्स क्लवले विभिन्न सामाजिक कामहरू गर्दै अगाडि बढिरहेको छ ।

डिस्ट्रिकका रिजनल प्रमुख बुद्धिबहादुर कार्कीको प्रमुख आथित्यतामा सम्पन्न सामाग्री हस्तान्तरण कार्यक्रममा लायन्स क्लव अफ हिमालयन्सका प्रेसिडेन्ट लायन अनिता कार्की, प्रथम भाईस प्रेसिडेन्ट लायन भिम प्रसाद पोख्रेल, माउन्ट मकालुका प्रेसिडेन्ट लायन विश्वनाथ न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...