पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु

Corona dead body

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ५ महिला र १० पुरुष गरी १५ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँकी ६१ वर्षीया महिला, गोरखाकी ६३ वर्षीया महिला, नवलपरासीकी ६२ वर्षीया महिला, पर्साकी ५५ वर्षीया महिला तथा कपिलवस्तुकी ४७ वर्षीया महिलाको मृत्यु भएको हो।

यसैगरी मोरङका ४० र ७० वर्षीय पुरुष, काठमाडौँका ७७, ६२, ७३, ८५ र ७० वर्षका पुरुष, ललितपुरका ५५ वर्षीय पुरुष, भक्तपुरका ७३ वर्षीय पुरुष तथा रामेछापका २३ वर्षीय पुरुषको मृत्यु भएको हो। यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज भदौ ३ गते शनिबार, श्री शनिदेवको दर्शन गर्दै हेर्नुस् आज यस्तो छ तपाईको राशीफल

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सम्मान प्राप्त हुनेछ । साहित्य लेखनमा रुचि बढ्नेछ । पराक्र...