एसिड आक्रमणका पीडितहरुसँग सामुहिक भेट गर्नेः प्रधानमन्त्री

Kp oli 7

काठमाडौँ । प्रधानमन्त्री ओलीले एसिड आक्रमणबाट पीडित भएकाहरुको समस्या सुन्ने र एसिड आक्रमण रोक्न तथा दण्ड सजाय र पीडितहरुलाई गर्नुपर्ने सजायबारे आवश्यक काम गर्ने प्रतिबद्धता जनाएका छन्। यसअघि १६ भदौमा अभियन्ता उज्ज्वलविक्रम थापा र एसिड आक्रमणकी पीडित मुस्कान खातनुले प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए ।

सोही भेटपछि प्रधानमन्त्रीले सबै पीडितसँग छलफल गर्ने बताएका थिए। प्रधानमन्त्रीसँगको भेटघाटका लागि रौतहट र मकवानपुरबाट समेत पीडितहरु आउँदैछन्। प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफल बिहान ११ बजे तय भएको अभियन्ता थापाले हिमालखबरलाई जानकारी दिए ।

प्रधानमन्त्रीसँगको भेटमा जान लागेकी पीडित जेनी खड्काले यस्तो अपराधविरुद्ध कडा कानुन बनाउन र आफूलाई दैनिक चाहिने औषधि किन्न समस्या परेकाले सहज बनाइदिन आग्रह गर्ने बताएकी छिन्। उनलाई दुई वर्षअघि श्रीमानले एसिड हानेका थिए ।

यस्तै गत फागुनमा श्रीमतीले एसिड हानेर पीडित बनेका रामराजा थापाले पनि उपचार गर्दा लागेको खर्चको ऋण र आफूलाई रोजगारीको आवश्यकता भएको कुरा राख्ने बताए ।

एसिड आक्रममणको घटना कम गराउन गर्नुपर्ने कामबारे अध्ययन गर्न महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले नायब महान्यायाधिवक्ताको संयोजकत्वमा समिति गठन गरेका छन्। सो समितिले एकदुई दिनभित्रै प्रतिवेदन तयार गरिसक्ने जनाएको छ । पछिल्लो केही महिना यता एसिड आक्रमणको घटना र पीडितहरुको अवस्था बारे संसदीय समितिहरु, स्वास्थ्य र महिला मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालयले चासो व्यक्त गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...