१० लाख दाइजो नदिँदा रिङ्कीको हत्या

Death news123 20200906135818 400x220

विराटनगर । मागे जति दाइजो नदिएको भन्दै भगाएर विवाह गरेपछि छोरीको हत्या भएको आरोप आफन्तले लगाएका छन्। सुनसरीको देवागंज गाउँपालिका ३ की २२ वर्षीय रिङ्की कुमारी मेहतालाई भगाएर बिहे गरेको परिवारले मागेको १० लाख दाइजो नदिएको नाममा उनकै हत्या गरेको आरोप लागेको हो ।

भदौ ३ गते सोही गाउँपालिका–४ निवासी रमेशकुमार मेहताले छोरीलाई अपहरण शैलीमा जबरजस्ती भगाएर घर लगेको २४ घण्टा नबित्दै दाइजोको लागि हत्या गरेको मृतकका बुवा जयकिशोर महतोको आरोप छ । विराटनगरस्थित ईडन वर्ग कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत रिङकु भदौ १ गते गढी गाउँपालिका ४ स्थित छिटहामा रहेको दाजु जयप्रकाश मेहताको घर गएकी थिइन् ।

गालामा डण्डीफोर र दाँतको समस्या रहेकाले दाजुले विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराएका थिए । उपचार पश्चात दुई दिन दाजुको घरमा बसेर उनले भदौ ३ गते बहिनीलाई फोन गरेर घर आउन लागेको जानकारी गराएका थिए ।

फोन गरेको केही समयपछि मोबाइल अफ हुँदा परिवार तनावमा थियो । पूर्वसभासद मुगालाल मेहताले राति ११ बजे फोन गरेर छोरी केटासँग भागेर आएको भन्दै तत्काल आफ्नो घरमा आउन भनेको अन्नपूर्णमा खबर छ । । आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरेर मृत्तकका बुवा जय किशोरले भने, ‘राति पूर्वसभासदको घर १२ बजे पुगेँ । त्यहाँ पुग्न साथ छोरी भागेर केटासँग आएकी छ, विवाह गरिदिनु पर्‍यो भन्दै दबाब दिए ।’

उनले छोरीसँग एक पटक भेट्न खोज्दा पनि नदिएको गुनासो गरे । उनलाई छोरी भगाएर लाने केटालाई १० लाख दाइजो दिएर बिहे गर्ने दबाब पूर्वसांसद मेहताले नै दिएका थिए । यो दबाबपछि बिना छलफल फर्किएको उनको भनाइ छ ।

‘सभासदले फोन गरेर बोलाए तर छोरीसंग भेट्न दिएनन्’, उनले भने । उल्टै दाइजो दिन दबाब दिएपछि आफू फर्केर आएको केही बेरमा छोरीलाई जिम्मा लगाएर रमेशको घर पठाएको थाहा पाएको उनले सुनाए ।

रमेशको घर भदौ ३ गते मध्यरातमा पठाएकी छोरीले पासो लगाएर आत्महत्या गरेको भन्दै सभासद मेतहताले ५ गते बिहान राति ३ बजे फोन गरेर जानकारी दिएको उनले सुनाए । मेरा आफन्तलाई फोन गरेर पूर्वसभासद मेहताले सुनाएपछि आफूहरु गएको मृतकका दाजु जयप्रकाश मेहताले बताए ।

सुतेको कोठाको बरण्डामा प्लास्टिकको कुर्सीमाथि पासो लगाएको अवस्था हेर्दा हत्या गरेर पासो लगाई झुन्ड्यिाएको आशंका उनीहरुले गरेका छन् । बहिनीले घरबाट हिँड्दा लगाएका गहना नभएकाले पनि दाइजोकै नाममा हत्या भएको आशंका परिवारले गरेका छन् ।

मृत्कको बसोवास रहेको वडा नम्बर ३ का वडाअध्यक्ष अनिल भगलले मृत्यु शंकास्पद रहेको बताए । ‘घटनास्थलमा पुगेको प्रहरी र स्थानीयलाई बुझ्दा घटना शंकास्पद देखिएको छ’, उनले भने, ‘पोस्टमार्टम रिपोर्टपछि सत्य सार्वजनिक हुन्छ ।’

प्रहरीलाई तत्काल नै खवर गरेपनि सुरुमा उजूरी नलिएको मृतकका बुवा जयकिशोरले बताए । ‘सुरुमा उजूरी नलिदा हुलाक मार्फत पठाएको छु’, उनले भने, ‘दर्ता भयो कि भएन जानकारी छैन ।’

प्रहरीले छोरीलाई भगाएर लग्ने रमेश र उनका दाजु उमेशलाई दुई दिन हिरासतमा राखेर छोडेको छ । सुनसरी प्रहरी प्रमुख कमल थापाले आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा दर्ता गरेर थप अनुसन्धान सुरु गरेको जानकारी दिए ।

दुई मुद्दा लिएर आएको जानकारी दिँदै प्रहरी प्रमुख थापाले भने, ‘मृतकका श्रीमान र जेठाजुसहित अन्य परिवारका सदस्यसंग अनुसन्धानकै क्रममा सोधपुछ गरेका छौं’, उनले भने पोस्टमार्टम रिपोर्ट आएको छैन । आरोपित बाहिर भए पनि रिपोर्टका आधारमा पक्राउ गर्छौँ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...