दूधकुण्ड फुट्ने सम्भावना न्यून

5f2e9915cc395 dudhkunda lake

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले नुम्बुर हिमालको काखमा रहेको दूधकुण्डसहित अन्य पोखरी तत्काल फुट्ने सम्भावना नरहेको निष्कर्षसहितको प्रतिवेदन सार्वजानिक गरेको छ ।

यही साउन २३ गते बिहान दूधकुण्ड  मुहान भई बग्ने सोलु खोलामा पानीको बहाव बढ्नुाका कारण खोज्न त्यस क्षेत्र पुगेको प्रहरी टोलीको स्थलगत अध्ययनपछि उक्त प्रतिवेदन सार्वजानिक गरिएको हो ।

साविककै अवस्थामा रहेको दूधकुण्ड फुटेको भन्ने  भ्रमपूर्ण रहेको र  सोही तालको उत्तरतर्फ करीब २० किलोमिटरमा रहेको चोकर्मा पोखरी फुट्दा खोलामा पानीको बहाव बढेको प्रहरीले पुष्टि गरेको छ । निरन्तरको वर्षाले चोकर्मामा पानीको बहाव बढेको र पश्चिमतर्फ कमजोर रहेको चार मिटर भाग कटान गरी फुटेको प्रहरी निरीक्षक मन्दीप चौहानले जानकारी दिए ।

साउन २२ गते राति अविरल वर्षा भएर पानीको बहाव बढेपछि ठूलो आवाजसहित पोखरी फुटेको त्यस क्षेत्रमा रहेका लाक्पा लामाले जानकारी दिए ।  साउन २३ गते बिहान सोलुु खोलामा पानीको बहाव उच्च भएर बस्ती क्षेत्रमा पसेपछि जोखिम बढेको जनाउँदै स्थानीयवासीले तत्काल स्थलगत अध्ययन गर्न माग गरेका थिए ।

प्रदेशसभा सदस्य तथा नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीसहितको टोलीले हेलिकप्टरबाट स्थलगत अध्ययनमा जाने योजना बनाए पनि मौसम प्रतिकूल हुँदा सफल भएको थिएन । मौसम प्रतिकूलतापछि साउन २८ गते सल्लेरीबाट प्रहरी टोली दूधकुण्ड क्षेत्र प्रस्थान गरेको थियो ।

सदरमुकाम सल्लेरीदेखि ६० कोस उत्तरतर्फ चार  हजार ५०० मिटर उचाइमा दूधकुण्ड  पर्छ ।  समुद्र सतहदेखि पाँच हजार ६५० मिटरको उचाइमा चोकर्मा पर्छ । उक्त पोखरी फुटेर पानी बग्दा दुई चौँरीगोठ र तीन काठेसाँघु बगाए पनि उक्त क्षतिका बारेमा भने प्रहरीले केही पनि खुलाएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज भदौ ३ गते शनिबार, श्री शनिदेवको दर्शन गर्दै हेर्नुस् आज यस्तो छ तपाईको राशीफल

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सम्मान प्राप्त हुनेछ । साहित्य लेखनमा रुचि बढ्नेछ । पराक्र...