सिन्धुपाल्चोकमा लकडाउन कै ढाँचामा निषेधाज्ञा, सोमबार बिहान ५ बजेदेखि भदौं ७ गते राती १२ बजेसम्म लागू हुने

Chautara sindhupalchok

सिन्धुपाल्चोक । समुदायमा कोरोना संक्रमण फैलिन नदिन सोमबारदेखि लागू हुने गरी एक साताको लागि सिन्धुपाल्चोकमा निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञा जिल्लाभर सोमबार बिहान ५ बजेदेखि भदौ ७ गते मध्यराति १२ बजेसम्म लागू हुने छ । निषेधाज्ञा अवधिमा अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन र हिँडडुल गर्न रोक लगाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा तीन जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या ७६ पुगेको छ । ६७ निको भएर घर फर्केका छन् । ६ को आइसोलेसनमा उपचार भइरहेको छ ।

एक सय चार जना क्वारेन्टिनमा बसेका छन् भने स्वाब संकलन गरिएका दुई सय ३१ को नतिजा आउँन बाँकी छ । जिल्लामा हालसम्म दुई हजार तीन सय २६ को पिसिआर परीक्षण गरिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको शनिबार बसेको बैठकले बन्दाबन्दी (लकडाउन) कै ढाँचामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । अत्यावश्यक बाहेक निजी तथा सार्वजनिक यातायातसमेत सञ्चालन गर्न पाइने छैन ।

छिमेकी जिल्लामा संक्रमण बढ्दै गइरहेको र जिल्लामा समेत फैलन सक्ने देखिएकाले स्थानीय प्रशासन ऐन २०२८ को ६ (३) बमोजिम गतिबिधिहरु गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

सो अवधिमा होटल, रेष्टुँरा, शैक्षिक संस्था, सभा, सम्मेलन, तालिम, गोष्ठी, भेला, प्रदर्शन, सैलुन, ब्युटिपार्लर, पुस्तकालय तथा खेलकुद गतिविधि गर्न पाइँदैन । त्यसैगरी खाद्य, तरकारी, दूध, पेट्रलपम्प, ग्याँस, मेडिकलबाहेक सबैखाले पसल बन्द हुनेछन् ।

समितिले गरेको निर्णयमा भनिएको छ, ‘सरकारी तथा गैरसरकारी संस्थाले आवश्यक मात्र सेवा दिनुपर्ने छ । बैँक तथा वित्तिय संस्था भने बिहान ११ देखि दिउँसो २ बजेसम्मा मात्र खोल्नुपर्ने छ ।’

प्रजिअ ढकालका अनुसार स्वास्थ्य मापदण्ड पुरा गरेर उद्योग र निर्माणसँग सम्बन्धित काम भने गर्न पाइने छ । समितिले बाहिर गइ भिडभाड गरी औँशी र तीज मनाउनसमेत कडाइ गरेको छ । निषेधाज्ञा अवधिको अनुगमन गर्न सहायक प्रजिक बाबुराम ढकालको संयोजकत्वमा समितिसमेत बनाइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज भदौ ३ गते शनिबार, श्री शनिदेवको दर्शन गर्दै हेर्नुस् आज यस्तो छ तपाईको राशीफल

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सम्मान प्राप्त हुनेछ । साहित्य लेखनमा रुचि बढ्नेछ । पराक्र...