प्रदेश नं. ५ का सभामुख घर्तीद्धारा आफ्नो चरित्र हत्या भएको आरोप

Purna gharti 30

बुटवल । प्रदेश नं. ५ का सभामुखविरुद्ध भ्रामक र तथ्यहीन समाचार शृङ्खलाबद्ध रुपमा आएको भन्दै खण्डन गरेको छ ।

प्रदेश नं. ५ का सभामुख पुर्णबहादुर घर्तीको चरित्र हत्या गरिएको भन्दै सभामुख सचिवालयले विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बुटवलबाट प्रकाशन हुने एक र काठमाडौंबाट प्रकाशन हुने एक दैनिक पत्रिकामा प्रकाशित समाचारबारे प्रदेश सभाको सार्वजनिक लेखा समितिको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

प्रदेश नं. ५ का प्रदेशसभाका कर्मचारीले कानून विपरीतको सुविधा लिएको भन्ने समाचार प्रकाशन भए पछि प्रदेश सभा सचिवालयको सार्वजनिक लेखा समितिले छानबिन थालेको थियो । उक्त विचारधिन विषयलाई नि प्रभावित हुने गरि समाचार शृङ्खलाबद्ध रुपमा प्रकाशित भएपछि सभामुख सचिवालयले विज्ञप्ति नै सार्वजनिक गर्दै खण्डन गरेको छ ।

लेखा समितिले बुधबारको बैठकमा सचिव पुनसहित लेखा अधिकृत आलोक अग्रहरीको प्रारम्भिक बयान लिँदै छानबिन थालेको थियो ।

प्रदेशसभामा पछिल्लो २३ महिनामा ६३ लाख हाराहारीमा गाडी मर्मत खर्च भएको, प्रदेशसभाका सचिव पुन, लेखा अधिकृत अग्रहरी, स्टोर शाखा लगायत गाडी मर्मतमा चार कर्मचारीको प्रत्यक्ष संलग्नता, एक्स्पोको नाममा थुप्रै फर्जी बिल पेश गरेर लाखौं रकम हिनामिना गरेको, प्रदेशसभाका अनियमितताको विषयमा पत्रकारहरुलाई सूचना दिने कर्मचारीको सरुवा गर्न सभामुख पूर्णबहादुर घर्तीले निर्देशन दिएका जस्ता विषयहरु समेटेर अन्नपूर्ण पोष्ट दैनिक र लुम्बिनी दैनिक पत्रिकाले समाचार प्रकाशित गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...